Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

ग्लोबल रिसर्च टोलीद्वारा स्वास्थ्य प्रणालीको नतिजाहरुबारे छलफल

Nam Raj Bhatta by Nam Raj Bhatta
April 13, 2023
in News
Reading Time: 1 min read
A A
0
ग्लोबल रिसर्च टोलीद्वारा स्वास्थ्य प्रणालीको नतिजाहरुबारे छलफल
616
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ३० चैत्र २०७९

नेपालमा संघीयता लागु भएसंगै स्वास्थ्य प्रणालीमा आएका परिवर्तनबारे छलफल भएको छ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बेलायत र नेपालका अनुसन्धानकर्ताहरूले सङ्घीय तथा प्रदेश तहका सांसदहरु, स्थानीय तहका प्रतिनिधि र उच्चस्तरीय नीति निर्माताहरूसँग सङ्घीयता र स्वास्थ्य अध्ययन परियोजनाका प्रारम्भिक नतिजाहरुबारे अन्तरक्रिया कार्यक्रम गरेका हुन्।

कार्यक्रममा संघीय व्यवस्था लागु भएपछि नेपालको स्वास्थ्य प्रणालीमा कस्तो प्रभाव पारेको छ भन्ने प्रकाश पारेको छ। यी परिवर्तनहरू बुझ्न अनुसन्धानकर्ताहरूले तीनवटा प्रदेशहरुमा अध्ययन गरेका थिए, जहाँ उनीहरूले सरकारका तीनै तहका २४३ सरोकारवालाहरूसँग अन्तर्वार्ता लिएको जनाएका छन्।

कार्यक्रममा अनुसन्धानको प्रारम्भिक नतिजाहरु संक्षिप्त रुपमा प्रस्तुत गरिएको थियो। साथै,देशको स्वास्थ्य प्रणालीको विकासका लागि राजनीतिक सम्भावना र चुनौतिहरुको बारेमा समेत विज्ञहरूले धारणाहरु राखेका थिए।

अनुसन्धानकर्ताहरूले नेपालको विकेन्द्रीकृत स्वास्थ्य प्रणालीमा सकारात्मक परिवर्तन ल्याएको साथै केही सुधारात्मक पक्षहरु पनि रहेको जानकारी दिए। त्यस्तै स्वास्थ्यको लागि थप स्रोतहरुको उपलब्धता, नयाँ स्वास्थ्य चौकी र अस्पतालहरूको निर्माण, धेरै ठाउँमा अत्यावश्यक औषधिहरूको उपलब्धता साथै अन्य धेरै देशहरूको तुलनामा कोभिड १९ को सकारात्मक व्यवस्थापन भएको पनि प्रारम्भिक नतिजाले देखाएको छ।

यसैगरी तीन तहका सरकारहरु बीच प्रभावकारी सञ्चार को कमी रहेको, स्वास्थ्य जनशक्तिसंग सम्बन्धित चुनौतिहरू रहेको, औषधि खरिद प्रणालिमा अनुगमनको कमिले औषधिको अभाव तथा अधिक मौज्दात जस्ता समस्याहरु रहेको, कतिपय स्थानीय तहमा बजेट सँग सम्बन्धित समस्याहरु जस्तै स्वास्थ्यको लागि तोकिएको ससर्त अनुदान खर्च गर्न नसक्ने र कतिपयले स्वास्थ्यका लागि पर्याप्त रकम विनियोजन नगरेको अध्ययन देखाएको अनुसन्धानकर्ताहरूले जनाए।

शेफिल्ड युनिभर्सिटीका प्रो साइमन स्टनले संधीयता सुरु भएदेखि स्थानीय तहमा धेरै स्वास्थ्यकर्मीहरू उपलब्ध भएको बताएका छन्। ञसंधीयता सुरु भएदेखि स्थानीय तहमा धेरै स्वास्थ्यकर्मीहरू उपलब्ध भएको छन् र प्रभावकारी स्थानीय व्यवस्थापनका कारण कर्मचारीहरुको अनुपस्थितिमा कमी भएको देखिन्छ। यद्यपि, केही पदहरूमा उपयुक्त विशेषज्ञताको अभाव, कर्मचारीको स्थायीत्व र स्वास्थ्यकर्मीहरूको लागि वृद्धि विकासको अवसरहरूको अभाव पनि देखिएको छ, उनले भने।

फेज नेपालका डा. जीवन कार्कीले स्वास्थ्य बजेटलाई अझ प्रभावकारी ढंगले कसरी बनाउने भन्ने विषयमा स्थानीय नीति निर्माताहरूलाई तालिम तथा सहजीकरणको आवश्यकता रहेको बताए।

त्यस्तैगरी मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सुजन मरहट्टाले आगामी वर्षमा यो परियोजनाले सबै तहका स्वास्थ्य प्रणालीको कर्मचारीहरूलाई तालिम प्रदान गर्ने र यस परियोजनाबाट सिकेका केही मुख्य सिकाइहरूलाई कार्यान्वयन गर्न सजिलो हुने बताए।

बर्नमाउथ विश्वविद्यालय, बेलायतका प्रो। एडविन भ्यान टेइजलिङ्गनले कुनै पनि देशमा कुन स्तरमा कुन स्वास्थ्य नीति निर्णयहरू लिनुपर्छ भन्ने बारे निरन्तर छलफल हुनुपर्ने बताए। उनले भने, स्वास्थ्य सम्बन्धि लिनु पर्ने निर्णयहरुस जस्तै राष्ट्रिय स्तरमा, डेंगु ज्वरोसँग लड्नका लागि उपयुक्त जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रम, प्रादेशिक स्तरमा, जिल्ला अस्पतालहरूको उचित उपलब्धता, र स्थानीय स्तरमा समुदायलाई सामाजिक रूपमा उपयुक्त स्वास्थ्य सेवाहरू उपलब्ध गराउने कुराहरुमा सन्तुलन ल्याउन आवश्यक छ।

यस बहुविषय अध्ययन नेपालको स्वास्थ्य प्रणालीमा संघीयताको प्रभावः एक दीर्घकालीन विश्लेषण सन् २०२०-२०२४ मा, स्वास्थ्य प्रणाली अनुसन्धानद्वारा प्राप्त अनुदान, जुन बेलायतका तीन निकायहरू द मेडिकल रिसर्च काउन्सिल, द फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस र द वेलकम ट्रस्टको आर्थिक सहयोगमा सन्चालन गरिएको हो।

सो अनुसन्धान टोलीमा मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाडौं, फेज नेपाल भक्तपु, र बेलायतका तीन संस्थाहरू शेफिल्ड, बर्नमाउथ र हडर्सफिल्ड विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरू संलग्न छन्।

Tags: Corona Virus #Covid19Nepal Federal Health system ProjectProf Dr. Sujanbabu marahatta
SummarizeShare261ScanTweet148

Related articles

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्...

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिष्टारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। श्रेष्ठले...

स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान

राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित

by Nam Raj Bhatta
August 22, 2026
0

चिकित्सक तथा प्राध्यापक डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा मनोनित भएका छन्। डा. प्रधान हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्। डा. प्रधान...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    844 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    686 shares
    Share 295 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    695 shares
    Share 309 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित
  • आयुर्वेद चिकित्सा परिषद्को रजिष्टारमा डा. हरिशरण अर्याल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.