काठमाडौं , २८ असार
नेपाल औषधीगत विक्री प्रबन्धक संघ (पेन) को केन्द्रीय अध्यक्षमा गान्धी प्रसाद शर्मा निर्वाचित भएका छन् । उनलाई सबै सदस्यहरुले समर्थन गरेका थिए । देशभर सञ्जाल फैलिएको संघको अध्यक्षमा गान्धी निर्विरोध निर्वाचित भएका हुन् । उनलाई सर्वसम्मत रुपमा अध्यक्ष वनाउन देशभरका सदस्यहरु एकजुट भएका थिए।
यस्तै गरि निरबर्तमान केन्द्रीय अध्यक्ष सुरजित दत्त , वरिष्ठ उपाध्यक्ष सुदर्शन जोशी , केन्द्रीय उपाध्यक्ष : माधब प्रसाद सिंह , जयेन्द्र सिंह राठौर , केन्द्रीय महासचिव तेज नारायण श्रेष्ठ , केन्द्रीय उपमहासचिव गोपाल साउद , केन्द्रीय सचीव सुमन दहाल , केन्द्रीय कोषाध्यक्ष शालिक राम कंडेल , केन्द्रीय सह कोषाध्यक्ष नसिब दहाल नियुक्ति हुनु भएको छ। त्यसैगरी केन्द्रीय सदस्यहरुमा बिनोद लाल कर्ण , उज्वल शर्मा रिमाल ,वसन्त गौडेल , भुवन पाण्डे , दीपा भण्डारी , कुमार क्षेत्री , नीरज शर्मा , जितेन्द्र वैद्द ,जगर नाथ यादव , दिनेश रुवाली , अमर बोलोन रहेका छ्न। जसमध्ये अहिलेसम्मकै सबैभन्दा कम उमेरमा केन्द्रीय महासचिवमा निर्वाचित हुनेमा तेज नारायण श्रेष्ठ र केन्द्रीय सदस्यमा दिनेश रुवाली रहेका छ्न।
उनले हालसम्म नेतृत्व गर्ने साथीहरुलाई धन्यवाद दिंदै अगामी दिनमा संघका कामकारवाहीलाई अझै परिस्कृत गर्ने घोषणा गरे । ‘देशभरमा केहि प्रतिनिधी साथीहरु सदस्य लिनबाट छुट्नुभएको छ,’अध्यक्ष गान्धीले भने,‘उहाँहरु सबैलाई समेट्न अनलाईन प्रणाली मार्फत सदस्य वितरणको कार्य थालनी गरेका छ्न ।’ नयाँ कार्य समितिले औषधी कम्पनीका प्रतिनिधी, कम्पनी र सरकार विच समन्वयात्मक भुमिका निर्वाह गर्दे सहजीकरण गर्ने वताए ।
कम्पनी र थोक विक्रेता विचको सम्बन्ध सुमधुर हुनुपर्ने आवस्यकतामा जोड दिंदै उनले प्रबन्धक, प्रतिनिधी र कम्पनी विचको तालमेल अझै प्रगाढ वनाउन भुमिका खेल्ने उल्लेख गरे । कम्पनीका प्रतिनिधी साथीहरुको बृद्धिविकासका लागि आवस्यक परामर्श दिन संघ सदैव तयार रहेको नवनिर्वाचित अध्यक्ष गान्धीले प्रतिबद्धता जनाए । संघमा हाल देशभरका करिब २ हजार सदस्य रहेका छन् । संघले समस्यामा परेका औषधी कम्पनीका प्रतिनिधी प्रबन्धकहरुलाई सहयोगी भुमिका खेल्दै आएको छ ।
त्यस्तै गरेर ७ जना नव गठित केन्द्रीय सल्लाहकारमा रहने बिधान रहेको छ। जसमा सयोजकमा श्री नेत्र लाल पौडेल वरिष्ठ सल्लाहकारमा श्री केदार लाल श्रेष्ठ , दीपेश प्रधान , सल्लाहकार नेत्र लाल गिरी , मुकेश सिरोही , सीता राम जोशी र बिकास दहाल रहेका छ्न।