धनगढी, १६ जेठ २०७८
धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी बिभाग प्रमुख रहेका डा. सुरेन्द्र ऐरको नेतृत्वमा कोभिड र ननकोभिडका बिरामीहरुले फोन मार्फत स्वास्थ्य परामर्श सेवा लिन सकिने भएका छन् ।
कोभिड संक्रमित भै सकेकाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि विशेषज्ञ डाक्टर मार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ चिकित्सकहरुको फोन सम्पर्क गर्न सकिने बताइएको छ। कोभिड भएर घरमा बस्नु भएका बिरामीहरुले निम्न बमोजिम समयमा उल्लेखित चिकित्सकलाई सम्पर्क गरेर परामर्श लिन सक्ने डा. सुरेन्द्र ऐरले बताउनु भएको छ ।