काठमाडौं, २७ बैशाख २०८१
मनमोहन मेमोरियल अस्पताल स्वयम्भू र रोटरी क्लब अफ कुपोन्डोलको आयोजनामा शनिबार (बैशाख २९) एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
शनिबार काठमाडौंको बाल राष्ट्रिय उद्दार माध्यमिक विद्यालय गागलफेदीमा हुने उक्त स्वास्थ्य शिविरमा मनमोहन मेमोरियल अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मनोरदिन सैयद, वरिष्ठ जनरल मेडिसिन डा. इवराज सिम्खडा र नेत्र रोग विशेषज्ञ डा. आकाश श्रेष्ठको टोलीले उपचारमा खटिने अस्पतालले जनाएको छ।
त्यस्तैगरी स्वास्थ्य शिविरमा स्टाफ नर्सहरुमा सुनिला श्रेष्ठ र रुपा फुयाल छ्न भने नेत्र रोग सहयोगीमा शुभेक्क्षा श्रेष्ठ र फार्मेसीमा दिपिका कंडेलको सहभागी हुने अस्पतालका कार्यकारी निर्देशक डा. एन शर्माले बताउनु भयो।
उक्त निशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएर लाभान्वित हुन अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मनोरदिन सैयदले बताउनु भयो।