काठमाडौं, १३ साउन २०८०
के तपाईंलाई यस्ता लक्षणहरु छन् भने यही साउन २० गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
बुद्धनगर स्थित जिबिका फार्मेसी एण्ड हेल्थ क्लिनिकमा बरिष्ठ फिजिसियन न्यूरो साइक्याट्रिक डा. अरविन्द भुसालको नेतृत्वमा बिहान १० बजे देखि ४ बजे सम्म एक दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको हो।
* सधैं चिन्ता लाग्ने, सानो कुरामा पनि डर लाग्ने।
* असमान्य रुपमा धेरै समयसम्म टाउको दुख्ने, चक्कर लाग्ने।
* निन्द्रा नलाग्ने, भोक नलाग्ने र कुनै कुरामा पनि रुचि नलाग्ने
* काम्ने बग्ने छोप्ने वा बेलाबेलामा बेहोस हुने।
* देवि देउता उत्रेमा, छारी मिर्गि रोग भए।
* वास्तविकतामा नहुने गलत कुरा विश्वास गर्ने वा भ्रममा रहने ।
* मन उदास भइरहने, नकरात्मक सोच आउने
* यौन इच्छा तथा व्यक्तिमा कमी वा असमान्य हुने
* धेरै रक्सी खाने वा लागुपदार्थको सेवन गर्ने
* सुत्केरी अवस्थामा निरन्तर निराशापन, डर, चिन्ता, भ्रम र बच्चाको स्याहार नगर्ने
* आत्महत्या गर्न इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गर्ने
* उमेर बढ्दै जाँदा असमान्य रुपमा सम्झने तथा स्मरण शक्ति कम भए।
* बच्चामा ५ वर्षको उमेर पछि पनि ओच्छ्यानमा पिसाब फेर्ने समस्या भएमा
* बच्चामा ढिलो मानसिक विकास भए