धादिङ, १६ जेठ २०८०
धादिङ जिल्ला बेनिघाट रोरांग -३ मलेखु बजार अबस्थित राजमार्ग सामुदायिक अस्पतालमा १ दिने बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भयेकोछ।
मनमोहन अस्पताल स्वयम्भुबाट सेवा दिनु हुने चिकित्सक टोलीमा जनरल मेडिसिन डा. इबराज सिम्खडा, स्त्री तथा प्रसुती- डा. मनोर दिन सैयद, हाद जोर्नी तथा नशा- ड़ा. उजोन शाक्य, नाक,कान, घाटी रोग विशेषज्ञ डा. नवराज बराल, डा. सुशानी बस्नेत, डा. चिरन्जीवी थापा नर्सिङ सुजता महर्जन, सृजना राई र संगीता त्रिपाठी, फार्मेसी दिपिका कंडेल, पदम क्षेत्री, मार्केटिंग सन्जिब कंडेल रहेको अस्पतालका निर्देशक रंजित गिरिले बताउनुभयो ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको प्रमुख आयोजना, अपेक्षा मेडिसिन तथा हाइवे हेल्थ केयर र राजमार्ग सामुदायिक अस्पतालको सहयोग रहेको उक्त शिविरमा ३२५ जनाले नि-शुल्क स्वास्थ्य जाँच, नि-शुल्क औषधि वितरणका साथै निकै सहुलियतका साथ अन्य स्वास्थ्य परीक्षणहरुबाट लाभान्वित भएका थिए ।
समाजसेवा र चिकित्सालाइ संगै लैजान सफल डा. सैयदले देशका अधिकांश दूरदराज पुगेर नि-शुल्क शिविर, शल्यक्रिया र राहत वितरण कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।
उक्त शिबिरमा मनमोहन अस्पताल स्वयम्भु र जनकल्याण बचत तथा ऋण सहकारी संस्था बीच सहकारिका सदस्यहरुलाई थप उपचारमा बिशेष छुट दिने सम्बन्धमा दुबै पक्ष बाट हस्ताक्षर भएको थियो।