आज मिति : २०८२ मंसिर ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक नगद राशि सहित प्रदेश स्वास्थ्य सेवा पुरुस्कार सहित सम्मानित

Nam Raj Bhatta by Nam Raj Bhatta
October 11, 2020
in News
A A
2
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक नगद राशि सहित प्रदेश स्वास्थ्य सेवा पुरुस्कार सहित सम्मानित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कैलाली ,२५ असोज २०७७

सुदूरपश्चिम प्रदेश सरकार र प्रदेश सरकार अन्तर्गत सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालयले प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने स्थानीय तह ,अस्पताल , स्वास्थ्य कार्यालय , आयुर्वेद स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्यकर्मी हरुलाइ नगद राशि सहित सम्मान प्रदान गरेको छ ।

प्रदेशको बार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा सुदूरपश्चिम प्रदेशका माननीय मुख्य मन्त्री ज्यु को प्रमुख आतिथ्यतामा, माननीय सामाजिक बिकास मन्त्री ज्यु को अध्यक्षतामा , प्रदेश प्रमुख सचिव श्री राम कृष्ण सुबेदी र सामाजिक बिकास मन्त्रालय का सचिव श्री रघुराम बिस्ट ज्युको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको समापन समारोहमा सम्मान पाउने हुने स्थानीय तह , कार्यालय र कर्मचारीहरु को नामावली घोषणा एबम सम्मानित गरिएको छ ।

प्रदेश अन्तर्गतका ९ वटा अस्पताल हरु मध्ये सेती प्रादेशिक अस्पताल , ९ वटा स्वास्थ्य कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय डोटी र सम्पूर्ण आयुर्वेद स्वास्थ्य केन्द्र हरु मध्ये बाजुरा आयुर्वेद स्वास्थ्य केन्द्रले जनही ५०००० नगद सहित सम्मान पत्र प्राप्त गरेका छन् । त्यसै गरि प्रदेश अन्तर्गत का ८८ वटा स्थानीय तह मध्ये कैलालीको टिकापुर नगरपालिका , कंचनपुरको बेद्कोट नगरपालिका , डडेल्धुराको नवदुर्गा गाउ पालिका , बैतडीको पाटन नगरपालिका , दार्चुला को नौगाड गाउ पालिका , बझांङको जय पृथ्वी नगरपालिका , डोटीको आदर्श गाउँपालिका , अछामको रामारोशन गाउँ पालिका , बाजुराको गौमुल गाउँ पालिकाले जनही ४०००० नगद सहित माननीय मुख्य मन्त्री श्री त्रिलोचन भट्ट ज्यु द्वारा सम्मानित भएका छन् ।received 329986211623051

प्रदेशमा उत्कृष्ट काम गर्ने चिकित्सक , जनस्वास्थ्य कर्मी , ल्याब प्राबिधिक लगायतका ३६ जनाले पनि उक्त कार्यक्रममा समान पत्र सहित जनही २०००० का दरले नगद पुरुस्कार प्राप्त गरेका छन् । यसरि समानित हुनु हुने स्वास्थ्य कर्मिहरुले समग्र स्वास्थ्य सेवा प्रदान लगायत कोभिड १९ को रोकथाम , नियन्त्रण र ब्यबस्थापनका लागि उत्कृष्ट काम गरेको कुरा स्वास्थ्य निर्देशनालयले जनाएको छ । उत्कृष्ट कार्यालय प्रमुखको पुरुस्कार पाउनेमा डा.हरि कुमार श्रेष्ठ, नि मे सु महाकाली अस्पताल, योगेश प्रसाद भट्ट कार्यालय प्रमुख स्वास्थ्य कार्यालय बैतडी, नरेन्द्र प्रसाद कलौनी प्रमुख आयुर्वेद स्वास्थ्य केन्द्र साहिलेक बैतडी रहेका छन् भने उत्कृस्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सकको पुरुस्कार डा. शेर बहादुर कमर फिजिसियन, सेती प्रादेशिक अस्पताल, डा. गजेन्द्र दुवाल, नि मे सु, जिल्ला अस्पताल दार्चुला,डा सन्दिप ओखेडा, नि मे सु, जिल्ला अस्पताल बझाङ्ग छन् ।

त्यसैगरि प्रयोगशालाकर्मीहरु मध्ये रमेश शाही, ल्याव टेक्नोलोजिस्ट, सेती प्रादेशिक अस्पताल, ईश्वरी भुसाल, ल्याव टेक्नेसियन निरीक्षक , डडेल्धुरा अस्पताल, शारदा बोहरा, ल्याव असिस्टेन्ट, महाकाली अस्पताल,हिक्मत बडाल, ल्याव असिस्टेन्ट, प्रदेश जनस्वास्थ्य प्रयोगशाला,प्रेम नारायण शर्मा, ल्याव टेक्निसियन निरिक्षक, महाकाली अस्पताललाई सम्मानित गरिएको छ । स्वास्थ्य सेवा तर्फका नर्सिंग समुहबाट पनि पुरुस्कृत गरिएको छ, जस अनुसार गंगा बुढामगर, स्टाफ नर्स, जिल्ला अस्पताल अछाम,रत्ना सिंह पाण्डे, सि अ न मि नि, सेती प्रादेशिक अस्पताल रहेका छन् ।

यसै अवसरमा आयुर्वेद स्वास्थ्यकर्मी डा. चेतराज जोशी, आयुर्वेद चिकित्सक, सामाजिक विकास मन्त्रालयले पनि उक्त अवसर मा पुरुस्कार प्राप्त गरेका छन् । यहि अवसर मा स्थानीय तहमा उत्कृष्ट काम गर्ने स्वास्थ्य कर्मी पनि पुरुस्कृत भएका छन् यसरि पुरुस्कार पाउनु हुने मा डा गगन राज चौधरी, मे अ, प्राथमिक स्वास्थ्य केन्द्र दोधारा, कञ्चनपुर, डम्बर कुँवर, ल्या अ, पुर्चौडी स्वास्थ्य चौकी, बैतडी, माया स्वार, अ न मि, कालिका स्वास्थ्य चौकी, अछाम, टेक बहादुर खड्का, सि अ हे ब अ, बडिमालिका नगरपालिका, बाजुरा, बिष्णु जोशी, हे अ, गोदावरी नगरपालीका, कैलाली, लाल्जिरा रावत, सि अ न मी, महाकाली नगरपालिका, दार्चुला, लोकराज पनेरू, सि अ हे ब अ, घटाल स्वास्थ्य चौकी, डडेल्धुरा, पदम बहादुर ओली, सि अ हे ब अ, थलारा गाउँपालिका बझाङ्ग, हरिशचन्द्र शाह, जनस्वास्थ्य निरिक्षक, शिखर नगरपालिका, डोटी रहीका छन् । त्यसै गरि प्रदेश सरकार अन्तर्गत काम गर्ने अन्य कर्मचारीहरु लाइ पनि पुरुस्कृत गरिएको छ ।

यसरि पुरुस्कार पाउनु हुने कर्मचारी हरु यस प्रकार छन । रमेश कुँवर, जनस्वास्थ्य अधिकृत, सामाजिक विकास मन्त्रालय, हेमराज जोशी, भे क नि , स्वास्थ्य निर्देशनालय, दिपायल डोटी, भुवन प्रसाद जोशी, सि.अ.हे.ब.अ, स्वास्थ्य कार्यालय बैतडी, देवदत्त जोशी, क्ष.कु.नि, स्वास्थ्य कार्यालय अछाम, सत्यराज जोशी, डा.रु.अ, जिल्ला अस्पताल बाजुरा, जयसिंह भण्डारी, म.इ, स्वास्थ्य कार्यालय कैलाली, बिरेन्द्र भट्ट, खो.सु.नि, स्वास्थ्य कार्यालय दार्चुला, हरि प्रसाद भट्ट, भे.क.नि, स्वास्थ्य कार्यालय डडेल्धुरा, निर्मला लामिछाने, अ.न.मि, लड़गाडा स्वास्थ्य चौकी, डोटी, गोविन्द दाहाल, ह स चा, सेती प्रादेशिक अस्पताल, उदय नाथ योगी, कार्यालय सहयोगी, सेती प्रादेशिक अस्पताल, राकेश चौधरी, ह स चा, धनगढी उपमहानगरपालिका, कैलाली, कमल सिह बिष्ट, ह.स.चा. स्वास्थ्य निर्देशनालय डोटी हुन् ।

कार्यक्रममा पुरुस्कार प्राप्त गर्ने सबै स्थानीय तह , सबै कार्यालय र कर्मचारीहरुलाई हाल सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुण राज अवस्थीले हार्दिक धन्यबाद सहित समग्र सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि काम गर्न र समयमै सबै काम सम्पन्न गर्नको लागि पनि अनुरोध गरेका थिए ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Seti Provincial Hospital
Nisarga hospital Dhangadhi
Previous Post

डा.केसी र सरकार बिच मध्यरातमा ८ बुँदे सहमति , आजै अनसन तोडिने

Next Post

२०७१ संक्रमितहरू एकै दिन थपिए कुल संक्रमितहरुको संख्या १ लाख ७ हजार नाघ्यो #Covid19

Related articles

Bhaktapur hospital best hospital award
News

बागमती प्रदेशका अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट #BhaktapurHospital

18 hours ago
791
Dr Keshar Bahadur Dhakal
News

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशर ढकाल नियुक्त #DoHS

4 days ago
789
Nepal Medical Council News
News

मेडिकल काउन्सिल उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पाको उम्मेदवारी #NMC

5 days ago
831
dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

1 week ago
791
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

1 week ago
809
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

1 week ago
796
Next Post
dr.jageshor gautam

२०७१ संक्रमितहरू एकै दिन थपिए कुल संक्रमितहरुको संख्या १ लाख ७ हजार नाघ्यो #Covid19

Comments 2

  1. Pingback: नवदुर्गा गाउँपालिका डडेल्धुरामा कालाजार महामारीको प्रतिकार्य गरिने #kala-AzarDiseases • Health News Nepal
  2. Pingback: सुदूरपश्चिम प्रदेशमा १ लाख २ हजार किटनाशक झुल वितरण हुदै #Mosquitonet • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,300)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...