आज मिति : २०७९ चैत्र १४

सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म ८ हजार भन्दा बढिको स्वाब परीक्षण#Covid19

कैलाली  ०८, बैशाख २०७७
नेपालमा कोरोनाको सबै भन्दा बढी जोखिम मानिएको सुदुरपश्चिममा कोरोना संक्रमणको परिक्षण तिब्र पारिएको छ । उता पूर्वी नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशमा भने एक साता यता संंक्रमितको संख्या स्थिर रहको छ ।
सुदूरपश्चिमबाट संकलन गरिएका ८ हजार एक सय ५७ जनाको थ्रोट स्वाव मध्ये आइतबार सम्म पीसीआर र र्‍यापिड टेस्ट विधीमार्फत ८ हजार ८५ जनाको परीक्षण गरिएको छ । ७२ जनाको रिपोर्ट भने आउन बाँकी छ ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार आइतबारसम्म पीसीआर प्रविधिबाट २ हजार ५ सय ६ जनाको कोरोना परीक्षण गरिएकोमा ५ जना बाहेक अरु दुई हजार ५ सय एक जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै आइतबारसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ९२ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।अहिले प्रदेशका विभिन्न अस्पतालमा ११ जनालाई आईसोलेसमा राखिएको छ । जसमा चार जना कोरोना संक्रमित छन भने बाँकी ७ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ । यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाईनमा एक हजार तीन सय ४६ जनालाई राखिएको छ।

Related articles

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.