काठमाडौं, ०४ फागुन २०७८
समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिको अनुरोधमा माट्रिका आई केयर सेन्टरले एक दिने जेष्ठ नागरिकहरुको लागि आँखा शिविर गरेको छ।
सोमवार आयोजित सो शिविरमा ९६ जनाको आँखा परीक्षण गराउँदा ५३ जनामा मोतियाबिन्दु र २८ जनाको चस्मा जाँच ७ जनाको रेटिनाको समस्या १ जनामा मासु पलाएको ( Pterigum) माट्रिका आई सेन्टरका दृष्टि विशेषज्ञ (अप्टोमेट्रिस) कृष्ण कुमार धनखोटीले बताउनुभयो।
धनखोटीका अनुसार “चस्मा जाँच र रेटिनाका समस्या देखिएकालाई निशुल्क जाँचको लागि केयर सेन्टरमा बोलाएका छौं। ” निशुल्क मोतिबिन्दु शल्यक्रियाकोमा निशुल्क रगत जाँच गराइने र औषधि तथा कालो चस्मा दिइने छ।
ढुंङ्गेधारा मार्ग पुरानो बानेश्वर ओरालोमा रहेको माट्रिका आई केयर सेन्टर काठमाडौं र माट्रिका आइ फाउन्डेशन विरगन्जले अहिलेसम्म ५ हजार भन्दा बढीको मोतिबिन्दु शल्यक्रिया, रगत जाँच, औषधि र चस्मा निशुल्क गरिएको छ।