काठमाडौं चैत १६
सरकारले लकडाउन (बन्दाबन्दी) कम्तीमा एकसाता लम्ब्याउने भएको छ । मंगलबारबाट सुरु भएको बन्दाबन्दी सोमबार सकिँदैछ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एकसाता लम्ब्याउने गरी त्यसको गृहकार्य गरिरहेको स्रोतले जानकारी दियो ।
बन्दाबन्दी कम्तीमा एकसाता लम्ब्याउने तयारी रहेको स्रोतको दाबी छ ।
भारतले २१ दिनसम्म बन्दाबन्दी घोषणा गरेकाले समय गुज्रन बाँकी रहेकाले त्यसको अध्ययन गरेर नेपालले पनि आवश्यक सतर्कता अपनाउन लागेको स्रोतको भनाइ छ ।