काठमाडौं १७, बैशाख
जुनियर डक्टर कमिटीको पहलमा नेपाल चिकित्सक संघ द्वारा विश्वब्यापी महामारीको बेला सजिलो होस भन्ने हेतुले राजधानीका दर्जनौं भन्दा वढी अस्पतालमा काम गर्ने मेडिकल अफिसरहरुलाई ज्याकेट लगायत अन्य सामग्री बितरण गरेको छ। काठमाडौ उपत्यकामा रहेका वीर अस्पताल , टेकू अस्पताल , टिचिङ अस्पताल , सिभिल अस्पताल , बयोधा अस्पताल , ग्रीनसिटी अस्पताल , ओम हस्पिटल र ललितपुरको पाटन अस्पतालमा काम गर्ने मेडिकल अफिसरहरुलाई ज्याकेट , मास्क र स्यानिटाइजर बितरण गरेको यूवा चिकित्सक डा.योबिन यादवले बताएका छ्न।
यसै गरि आज र भोलि थप नपुगेका काठमाडौं मेडिकल कलेज तथा अन्य अस्पतालमा पनि ज्याकेट लगायत अन्य सामग्री बितरण भइरहेको छ र समय समयमा मेडिकल अफिसर लगायत अन्य चिकित्सकका समस्याहरुको समाधान तथा अबलोकन चिकित्सकहरुले गरिराखेको डा.योबिन यादबले बताए।
यी सामग्री बितरण गर्नेमा युवा चिकित्सकहरु डा. रबिन बस्नेत , डा.रोसिना थापा, डा.सन्तोष उपाध्याय , डा.बिबेक राठौर , डा.सुमन न्यौपाने , डा.नेहाल आश्रफ र डा.हुलास अग्रवाल लगायतका चिकित्सकहरु थिए। युवा चिकित्सकहरु महामारी चलिरहेको बेला आफू अडिक भएर सहयोग अगाडि बढाउने र चिकित्सकको मनोवल उच्च राख्नमा मद्दत पुर्याउने युवा चिकित्सक डा.योबिन यादवले जानकारी दिनुभयो।