Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वातावरण संरक्षण र प्रारिस्थिक प्रणालीको पुनस्र्थापनाका लागि रसायन सुरक्षा अपरीहार्य

Nam Raj Bhatta by Nam Raj Bhatta
June 6, 2021
in News
Reading Time: 1 min read
A A
0
Center for Public Health and Environmental Development

Center for Public Health and Environmental Development

589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड), गुठी र ख्वप कलेज, वातावरण विभागको संयूक्त आयोजनामा विश्व वातावरण दिवस २०७८ (World Environment Day 2021) मनाउने सिलसिलामा सम्बन्धित सरकारी निकाय, उद्योग, उद्दमी, यूवा, विद्धार्थी, शिक्षक, विज्ञान, प्रविधी, वातावरण, स्वास्थ्य, व्यावसायजन्य सुरक्षा क्षेत्रका विशेषज्ञ, बैज्ञानिक, चिकित्सक, विभिन्न संघ संस्थाहहरुका प्रतिनिधी,ं पत्रकारहरु एवं विभिन्न वातावरण प्रेमी, अभियन्ता र संरक्षणकताहरुको सहभागितामा रसायन सुरक्षा, वातावरण र प्रारिस्थिक प्रणालीको पुनस्र्थापना (Chemical Safety, Environment and Ecosystem Restoration) विषयक एक अन्तरक्रिय कार्यक्रम वन तथा वातावरण मन्त्रालयका सह सचिव डा. बुद्धी शागर पौडेलको प्रमूख आतिथ्यता एवं विश्व स्वास्थ्य संगठन, नेपाल कार्यालयका वरिष्ठ अधिकृत राजाराम पोटे श्रेष्ठ र नेपाल विज्ञान तथा प्रज्ञा प्रष्ठिानका उपकुलपति डा.शुनिक बाबु श्रेष्ठको विशेष आतिथ्यतामा करिब ६० जना भन्दा बढीको सक्रिय सक्रिय सहभागितामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमूख अतिथी सबै सम्बन्धि संघ संस्था, सरकारी, गैर सरकारी, निजी तथा हरेक ब्यक्तिहरुको साझा प्रयास र सहकार्यमा मात्र वातावरण संरक्षण र पारिस्थिक प्रणालीको पुनस्र्थापना गर्न सकिने र यसकालागी चालिने सबै प्रकारको प्रयासहरुमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय सहयोगी एवं सहकार्य गर्नेछ भन्दै कार्यक्रम आयोजक संस्थाहरुलाई धन्यवाद दिदै कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी विश्व स्वास्थ्य संगठन, नेपाल कार्यालयका वरिष्ठ अधिकृत राजाराम पोटे श्रेष्ठले विश्व वातावरण दिवस पहिले देखी विभिन्न कार्यक्रम गरीदै मनाउदै आए पनि आजको यो कार्यक्रम जस्तै रसायन सुरक्षाको विषयलाई पारिस्थिक प्रणालीहरुको पुनस्र्थापनासंग जोडेर आयोजना गरीएको आजको विषयबस्तु यस वर्षको नारासंग निकै महत्व राख्दछ । विश्व भरी वर्षेनी मृत्यू हुनेमा वातावरण विनासले ५० प्रतिशत भुमिका रहने गरेको तथ्य राख्दै स्वास्थ्य तथा वातावरणको लागि पहिचान गरीएको १० प्रमूख रसायनहरुको बारेमा प्रष्ट पारीएको थियो ।

यस वर्षको विश्व वातावरण दिवसको मूख्य नारा “प्रारिस्थिक प्रणालीको पुनस्र्थापना (Ecosystem Restoration) लाई चरीतार्थ पार्न नेपालकै विभिन्न पारिस्थिक प्रणालीहरु जस्तै पानी, माटो तथा हिमाली प्रणालीहरुमा विभिन्न मानव गतिविधी, बढदो फोहरको उत्सर्जन, विषादी, ग¥हुगो धातु, ऐस्वेष्टस तथा रासायनीक प्रदूषणहरुले पारेका खास खास सम्स्याहरु जस्तै फेवातालको माछामा र आश्रीत माझी समुदायको शरीरमा १.७ पि.पि.एम. सम्म मर्करी (पारो) पाईएको, विश्वकै सर्बोच्च शिखर सगरमाथाको उच्चभागबाट सङ्कलित हिउ र पानीको नमूनाहरुमा स साना प्लाष्टिकका कणहरु (Micro Plastics) पाईएकोबाट उच्च हिमाली पारिस्थिक प्रणाली पनि विग्रीदै गएको छ र लाखौ टनसम्म नेपालमा खपतभैरहेको विषादी एवं रासायनिक मलहरुको अत्यधिक प्रयोगबाट माटो प्रारिस्थिक प्रणालीमा पारीरहेको असरहरुको उदाहरन राख्दै सबै सम्बन्धित सरोकारवालाहरु, सरकारी निकायहरु र सर्बसाधारणहरुबाट समयमै नयाँ सोच र श्रृर्जनात्मक गतिविधीबाट प्रारिस्थिक प्रणालीको पुनस्र्थापना गर्न गराउन सचेत गराउदै आयोजक संस्थाहरुको तर्फबाट जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण बैज्ञानिक राम चरित्र साहले स्वागत गर्नु भएको थियो ।

राजधानी शहर काठमाण्डौमा पानी र सरसफाई एवं अन्य प्रदूषणहरु सम्बन्धि विभिन्न समस्याहरुको एकल समाधानको रुपमा नयाँ सोच र श्रृजनात्मक पहल स्वरुप निर्माण गरीएका ऐरोसान सार्वजनिक सौचालय (Aerosan Smart Public Toilet) जस्तै दिगो सामाधानको उपायहरु सबैबाट पहिल्याउदै लाने आवस्यक्ता रहेको सबैमा आग्रह गरीएको थियो ।

कार्यक्रममा विभिन्न वातावरणीय र रासायनीक समस्याहरुबारे आयोजक संस्थाहरुबाट गरीएका अनुसन्धानहरुको परीणामहरु लगायत अनुसन्धानमा आधारीत सामुदायकालागी समुदायबाटनै गरीएको समाधानको उपायहरु सम्मिलित विभिन्न पाँच वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत गरीएको थियो ।

सर्वप्रथम काठमाण्डौ उपत्यकामा विभिन्न धातुका मर्तिहरुमा पारोमा आधारीत विधिबाट सुनको जलप लगाउदा हावा, पानी, माटो तथा तथा कामदारहरुको शरीरमा २८.६ पि.पि.एम.सम्म मर्करी पाइएको मर्करीको अवशेष सम्बन्धि केन्द्रबाट गरीएको परीणाम पस्किदै नेपाल सरकारले मर्करी महासन्धिमा हस्ताक्षर गरेको ७ वर्ष विती सक्दा पनि अकारण अझैपनि ढिला नगरी यथाशिघ्र अनुमोदन गर्नगराउन जोडदार माग गर्नुभयो । मूर्तिमा मर्करीमा आधारीत प्रकृयाबाट सुनको जलप लगाउने प्रकृयाबाट ििनष्काशन गरीरहेको फोहरपानीमा मर्करीको मात्रा नेपाल सरकारले तोकेको मापदण्ड (०.०१ mg/L) भन्दा भन्दै १२ लाख गुणासम्म बढी मर्करीयूक्त फोहर पानि त्यतिकै वातावरणमा विशर्जन गरीरहेको पाईएको थियो । अध्यनमा समावेश पाँचै फोहर पानीको नमूनाहरुमा मर्करीको मात्रा ६२.७ देखी ११४७८०० mg/L सम्म पाईएको थियो । त्यसैगरी मर्तिहरुमा पारोमा आधारीत विधिबाट सुनको जलप लगाउदा बर्सेनी १२८२५ किलोग्राम मर्करी वाहीरी वातावरणमा उत्सर्जन भैरहेकोबाद्ध हावा। पानी र माटो निकै प्रदूषित भैरहेको तर्फ सम्बन्धित निकायहरुको ध्यानाकर्षण गरीएको थियो ।

त्यस्तै दक्षिण एशियामै सबै भन्दा पहिले नेपालमा ब्रेक शु र क्लच प्लेट बाहेक सबै प्रकारका ऐस्वेस्टस र ऐस्वेस्टसयूक्त बस्तुहरुको २०७१ सालमै पुर्णतया प्रतिबन्ध लगाए पनि हालसम्म पनि केहीमात्रामा ऐस्वेष्टस आयात भैरहेकै सरकारी तथ्याङ्क राख्दै प्रतिवन्धको प्रभावकारी कार्यान्वयनको आवस्यक्ता रहेको माग गर्नु भयो । यसै सिलसिलामा प्रतिबन्धमा छुट गरीएको ऐस्वेस्टसयूक्त ब्रेक शु र क्लच प्लेटको ऐस्वेस्टसमूक्त बैकल्पिक उपायहरु उपलब्द्ध भैसकेको अवस्थामा यसको निरन्तर प्रयोगबाट पारीरहेको व्यवस्याजन्य सम्पर्क र स्वास्थ्यजन्य समस्याको सामाधानको लागि छुट गरीएको ऐस्वेस्टसयूक्त ब्रेक शु र क्लच प्लेटमा पनि प्रतिबन्ध लगाई पूर्ण प्रतिवन्ध लगाउन सल्लाह दिनुभयो । ,

तयसैगरी राजधानी शहर काठमाण्डौमा पानी र सरसफाई एवं अन्य प्रदूषणहरु सम्बन्धि विभिन्न समस्याहरुको एकल समाधानको रुपमा नयाँ सोच र श्रृजनात्मक पहल स्वरुप निर्माण गरीएका ऐरोसान सार्वजनिक सौचालय (Aerosan Smart Public Toilet) को प्राविधिक, सामाजीक, आर्थिक तथा व्यवस्थापकिय पक्षलाई समेटी विभिन्न समस्याको ऐकिकृत एवं दिगो समाधानको उपायहरु लगायत कौसी खेतीसम्बन्धि अभ्यासहरुबाट पारिस्थिक प्रणालीको पुनस्र्थापना गर्नसक्ने दरो उदाहरण आयोजक सहकर्ता संस्था गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कार्यपत्र प्रस्तुत गर्नुभयो । यस्ता ऐकिकृत समाधानको उपायहरुलाई सरकारी निति र कार्यक्रमहरुमै शमावेश गरी आवस्यक प्रवद्र्धन गर्नगराउन जोडदार माग गर्नुभयो ।

नेपालमा विभिन्न घातक विषादीको अत्यधिक प्रयोग गरी उत्पादन, आयात, विक्रिवितरण र उपभोग हुदै आएको विभिन्न तरकारी र फलफुलको शेवनबाट पारीरहेको स्वास्थ्य र वातावरणीय समस्याहरुको सामाधानार्थ काठमाण्डौ उपत्यका र

वरीपरीमा उतपादन र उपभोग भैरहेको विभिन्न पाँच प्रकारको तरकारीहरु र कालिमाटी थोक तरकारी बजारबाट संकलित २० प्रकारका तरकारीहरुमा विषादीको प्रयोगशाला परीक्षण गर्दा अझैपनि ४५ प्रतिशत (२० मध्ये ११ तरकारीहरुमा) विभिन्न विषाक्त विषादीहरुको अत्यधिक अवशेष पाईरहेकोबाट यस्ता विषाक्त विषादीहरुको पूर्णतया प्रतिबन्ध लगाई स्वास्थ्य, वातावरण र प्रभावित जल तथा माटो पारिस्थिक प्रणालीहरुको पुनस्र्थापना गर्नगराउन जोडदार माग गर्दै सिफेडका कार्यक्रम अधिकृत सुमिन महर्जनले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

अन्तीम कार्यपत्रको रुपमा नेपाली बालबालिकाहरुले औधीनै रुचाउने विभिन्न १५ ब्राण्डमध्ये २ ब्राण्डमा चाउचाउमा लेड (सिसा)को प्रयोगशाला परीक्षणको डरलाग्दो परीणाममा विश्व स्वास्थ्य संगठनले तोकेको चाउचाउमा लेडको मात्रा ०.०२५ mg/kg भन्दा पनि बढी लेड पाईएको कुरा पस्किदै अन्य सबै चाँउचाउँमा थोरै भएपनि घातक लेड पाईरहेको र बालबालिकाहरुले गरीरहेको निरन्तर शेवनबाट निकै दिर्घकालिनरुपमै शारीरीक, मानसिक र बँैद्धिक असर पारीरहेको सम्बन्धि कार्यपत्र आयोजक अन्य संस्था ख्वप कलेजका अनुसन्धान अधिकृत रुविना सुवालले कार्यपत्र प्रस्तुत गर्नुहुदै चाउचाउको बट्टाहरुमा रसायन सम्बन्धि र अन्तिम उपभोग्य मिति, उत्पादक कम्पनीको रजिष्ट्रेशन नम्बर आदि जस्ता महत्वपूर्ण लेवलि·को अनिवार्य व्यवस्थ गरीनुपर्ने सुझाव दिनुभयो । लेड सहितको चाउचाउको गुणस्तर तोकी प्रभावकारी कार्यान्वयन गर्न गराउन पनि जोडदार माग गर्नुभयो ।

कार्यक्रमको अन्तमा नेपाल विज्ञान तथा प्रज्ञा प्रष्ठिानका उपकुलपति डा.शुनिक बाबु श्रेष्ठले नया नया प्राविधिक विषयबस्तुहरुमा गरीएको अनुसन्धानहरुबाट प्राप्त नतिजाहरु सहितको कार्यपत्रहरुको प्रस्तुतिकरण र क्षलफलबाट सबै सहभागिहरुका आवस्यक जानकारी र चेतना अभिबृद्धी भए सगै प्रस्तुत गरीएको ऐरोसान सार्वजनिक सौचालय एवं कौसीखेतीकोे प्रवद्र्धनबाट साच्चिनै पारिस्थिक प्रणालीको पुनस्र्थापनामा ठोस टेवा पुग्ने विस्वास प्रकट गर्नुहुदै यसको प्रवद्र्धनमा आवस्यक सहयोग गर्ने पनि विस्वास दिलाउदै देशमा रासायन सुरक्षाका विषयहरुका अध्यन र सामाधानका उपायहरु पहिल्याउन पनि नाष्टले आवस्यक पहल गर्ने बताउनु भयो । जस्ले गर्दा हामीले शेवनगरीरहेका बस्तुहरु सुरक्षित र स्वस्थ्य हुनुका साथै अत्यधिक प्रदूषण, फोहरमैलाको समस्या र रासायनीक प्रदूषणको असरहरु पनि न्यूनिकरण गर्ने सहयोग पुग्ने कुरा बताउनु भयौ ।

अर्का अतिथी ख्वप कलेजका वातावरण विभागीय निर्देशक तथा ईन्चार्ज मीरा प्रजापतिले ऐकेडेमिया, कलेज र अनुसन्धानमा आधारीत पैरबीगर्ने संघसंस्थाहरुसंग सहकार्यगर्न पाउँदा निकै खुसी ब्यक्त गर्दै हाम्रा कलेजका विधार्थी भाई बहिनीहरुलाई अनुसन्धानमा सहभागीता, अवासर र कलेजसंग बढदो सहकार्य पनि गर्न सबैसंग अपिल गर्नु हुदै सबै सहभागी एवं सहकार्य गर्ने आयोजक संस्थाहरु लगायत सहभागीहरु, अतिथीहरु, कार्यपत्र प्रस्तुतिकरण गर्ने श्रोत ब्यक्तिहरु र सञ्चालक समितीका सदश्यहरुलाई समेत धन्यवाद दिदै वातावरण संरक्षणका गरीदैआएक प्रयास र फायदाहरुको बारे कुरा राख्दै आजको अन्तरक्रिया कार्यक्रमको समापन गर्नुभयो ।

 

Tags: Chemical SafetyCorona Virus #Covid19Environment and Ecosystem Restoration
SummarizeShare237ScanTweet147

Related articles

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

by Nam Raj Bhatta
August 13, 2026
0

नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान,...

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण
  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.