✍️ डा.योबिन यादव
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण २२० देशमा फैलिएको छ । रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ ।
कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अबलम्बन गर्न जरुरि छ ।
विश्वभर झन्डै ३४ लाख व्यक्तिमा कोरोना संक्रमण प्रमाणित हुँदा तथा २ लाख ३४ हजार भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । कोरोना जितेर घर फर्किनेको संख्या पनि क्रमिक रुपमा बढेर १० लाख ५० हजार नाघेको छ।
कोरोना संक्रमण भएको व्यक्तिले नजिकैबाट खोकेमा, हाच्छ्युं गरेमा नाक तथा मुखबाट आउने कणहरुले कोरोना सार्ने सम्भावना हुन्छ । ती र्याल, सिंगान, खोकीबाट आएका कण कुर्सि, बेन्च, डेस्क, गाडीको सिट, टावेल लगायतका कपडा आदिमा बस्न सक्छन । ती ठाउँमा हातले छोएमा हात मार्फत शरीरमा प्रवेश गर्छन ।
- संक्रमण भएको व्यक्तिले अरुलाई नसरोस् भनेर मास्क लगाउर्ने हुन्छ। मास्क लगाएपछि नाक चिलाउने, बोल्न गाह्रो हुने, चस्मामा बादल लाग्ने, मास्क मिलाउन बारम्बार हात मास्क, आँखा, नाक, मुख आदिमा गइरहने भएकोले झन् संक्रमणको डर हुन्छ | त्यसको लागि N 95 लगायतका स्तरीय मास्क मात्र उपयोगी हुन्छन |
- कोरोनाको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने, कुहिनामा वा टित्स्स्यु पेपरमा छ्युं गर्ने ( हातमा नगर्ने ), ह्याण्ड स्यानिटाइजर् तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने, तथा सफा टावेलले मात्र हात पुछ्ने ।
- भीडभाडमा नजाने, रुघाखोकी लागेको व्यक्तिसंग नजिकै नबस्ने, घुम्न नजाने ।
- मनतातो कागती पानी खाइरहने ।मुख सुख्खा नराख्ने ।अलिअलि पानी लगातार पिउने ।
- घरभित्र बसौं । अत्यावश्यक काम परेपनि घरभित्रबाट ब्यबस्थापन गरौँ । जे छ, त्यहि खाने गरौँ ।
- इम्युनिटी पावर बढाऔं ।घरभित्र व्यायाम, योग ध्यान गरौँ । सहज उपलब्ध हुन्छ भने भिटामिन सि, बि -१२, बि ६, जिंक, भिटामिन –डी को सेवन गरौँ । यी हाम्रो खानाबाट पनि पाइन्छ । घाममा बसौं । सकेसम्म प्राकृतिक आहार, बिहार र आचार पालना गरौँ ।मन रमाइलो राखौं । चिन्ता तथा तनावलाई ब्यबस्थापन गरौँ । पाहुना संस्कृति स्थगित गरौँ ।
- थोरै र आधिकारिक समाचार फलो गरौँ ।
- कोरोना संक्रमण बिरुद्ध काम गरिरहेका सबैलाई उत्साहित गरौँ ।
- कोरोना भाइरसको फैलाबट तीब्र छ । तर यसको मृत्युदर निकै कम छ । कोरोना संक्रमणबाट मर्ने भन्दा निको हुने तथ्यांक ठूलो छ । व्यक्तिहरुको निधन भएको छ ।
- बाँचेको तथ्यांक पनि हेरौं, जानौं
अन्तमा हामीले अदुवा, बेसार, कागती,चिनी-पानी, ज्वानो खानुपर्छ । दिनहुुँ खानेकुरा समय अनुसार खायो भने शरीरको लड्ने सक्ने प्रतिरोधात्मक बस्तु बाट जोगिन सकिन्छ। सामाजिक दुरीको ब्यबस्थापन भएर बस्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ ।घरमै बसौं , सुरक्षित भएर आफ्नो दैनिकि क्रियाकलाप गरौं ।
#Public Health, Awareness Programme
Comments 1