काठमाडौं, १३ साउन २०८२
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त भएका छ्न।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
डा. चालिसे अस्पतालमा हालसम्म आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत थिए। अब मन्त्रिपरिषदको निर्णयसँगै डा. चालिसे चार वर्षका लागि कार्यकारी निर्देशक भएका हुन।
निमित्त निर्देशकका रुपमा डा. चालिसेले अस्पतालमा विभिन्न सुधार र सेवा विस्तारका कामहरु अगाडि बढाइरहेका छ्न।