बाँके, ९ असार २०८०
भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. राजन पाण्डे थारु रत्न पुरस्कारबाट सम्मानित भएका छन्।
थारू समुदायका लागि योगदान गर्ने अरु तीन जना पनि थारू रत्न पुरस्कारबाट सम्मानित भएका छन्। थारू आयोगले प्रदान गर्ने उक्त पुरस्कारका लागि छनौटमा परेकाहरूको नामवली २०७९ माघ महिनामा सार्वजनिक गरिएको थियो।
थारू आयोगले स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका डा. राजन पाण्डे, थारू सँस्कृतिविद् एवं अनुसन्धानकर्ता महेश चौधरी, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिइएको हो।
डा. पाण्डे भेरी अस्पताल नेपालगन्ज मेडिसिन विभागका प्रमुख पनि हुन्। उहाँ थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्टसमेत हुन्। उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन-प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए।
त्यस्तै थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित भएका छन्। जसअन्तर्गत खेलाडी विधामा जयरानी चौधरी, साहित्य विधामा बमबहादुर चौधरी, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, पत्रकारिता विधामा डा. कृष्णराज सर्वहारी, पूर्वकमलरी उर्मिला चौधरी, कलाकारमा गीता चौधरी र राज कुश्मी रहेका छन्।
उनीहरूलाई विशेष समारोहमा तक्मासहितको पुरस्कार प्रदान गरिएको आयोगका सदस्य चौधरीले बताए। ‘थारु विशेष समारोहमा उहाँहरूलाई तक्मासहितको पुरस्कार प्रदान गरिएको हो।