Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल‌ दीप पदक द्वितीयबाट विभूषित

Nam Raj Bhatta by Nam Raj Bhatta
February 16, 2023
in News
Reading Time: 1 min read
A A
0
डा. राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल‌ दीप पदक द्वितीयबाट विभूषित
598
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बाँके, ४ फागुन २०७९

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित हुनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसर पारेर उक्त पदकबाट डा. पाण्डेलाई विभूषित गरेको हो । लुम्बिनी प्रदेश राजधानी भालुवाङमा आज एक समारोहकाबीच लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ समेत रहनु भएका डा. पाण्डेलाई उक्त पदक प्रदान गर्नुभएको हो ।

यो पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो । संबिधान दिवसको अवसरमा गएको असोज ३ गते डा. पाण्डेलाई उक्त पदक दिने घोषणा गरिएको थियो । प्रदेशको सम्बृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट विभूषित गर्ने गरिएको छ ।

received 1335025767346399

डा. पाण्डे २०७३ सालमा राष्ट्रपतिबाट प्रवल जनसेवा श्री, २०७८ मा सुप्रवल जनसेवा श्री, २०७८ सालमै पूर्व राष्ट्रपतिबाट बारबरा फाउण्डेसन पदक, २०७९ मा थारु आयोगद्धारा थारु रत्न पुरस्कारसहित दर्जनौं पदक तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

पश्चिम नेपालमा सिकलसेल, थालेसेमिया, स्क्रब टाइफस, डेंगी, कालाजार लगायतका रोगको पहिचान, निदान र उपचारमा डा. पाण्डेको योगदान महत्वपूर्ण छ । पूर्वी तराइका १२ जिल्ला मात्रै कालाजारको जोखिममा थिए । पश्चिम तराईमा यसको अध्ययन र अनुसन्धान हुन सकेको थिएन । त्यतिबेला नमुनानै परीक्षण नभएपछि कालाजार छ छैन पुष्टि हुने कुरा पनि भएन । डा. पाण्डेको पहलमा कालाजार लक्षण चिन्ह भएका बिरामीको नमुना जाँच हुन थालेपछि यसक्षेत्रमा पनि कालाजार भएको पुष्टि भयो ।

Dr. Rajan pandey physician

अहिले भेरी अस्पतालमा बर्सेनि कालाजारका ३५–४० जना बिरामी आउने गरेका छन् । उनीहरुको निशुल्क उपचार हुने गरेको छ । ती बिरामीले बाटो खर्च वाफत रु दुई हजार समेत पाउने गरेका छन् भने ल्याब खर्च भनेर पाँच हजारसम्म पाउने गरेका छन् । लुम्बिनी प्रदेशमात्रै नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशकै ११ औं तहका एकमात्र सिनियर चिकित्सक डा. पाण्डेले बिरामीको चेकजाँच र उपचारसँगै उनीहरुको अध्ययन गरी पोलेसी लेभलबाट त्यसको दीर्घकालीन समाधानको खोजी गर्ने काम गर्दै आउनुभएको छ ।

कोरोना महामारीको उपचार, निदान र परामर्शमा पनि डा. पाण्डेले पोलेसी लेभलमै बसेर भूमिका निर्वाह गर्नुभएको थियो । कोभिड उपचारमा भेरी अस्पताल देशभरीमै अब्बल हुनुमा डा. पाण्डेले नेतृत्व गरेको मेडिसियन विभागको भूमिका पनि उत्कृष्ट मानिन्छ । विश्व स्वास्थ्य संगठनको पेन प्लस कार्यक्रमका सिकलसेल विज्ञ डा. पाण्डेले दिने सुझावले राज्यको नीतिगत व्यवस्थामा फेरबदल हुने गरेको छ ।

सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि सम्पूर्ण बालबालिकाहरुको रगत परीक्षण अनिवार्य देख्नुहुन्छ । ‘जवसम्म सम्पूर्ण बालबालिकाको रगत परीक्षण गरिदैन तवसम्म यसको निर्मुलीकरण चुनौतिपूर्ण छ’ डा. पाण्डे भन्नुहुन्छ । सिकलसेल र थालेसेमियाको औषधि वीमामा अनिर्वाय समावेश गर्दै बीमाको प्रिमियर सरकारले तिरिदिनु पर्ने डा. पाण्डे सुझाव दिनुहुन्छ ।

रक्तजन्य रोगहरुको नेपाल रणनीतिका मुख्य मस्यौदाकार डा. पाण्डेले युरोपियन मुलुकसहित अहिलेसम्म २५ देशमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको अनुगमन, अवलोकनसहित कार्यपत्र प्रस्तुत गरिसक्नु भएको छ ।

Tags: Bheri hospitalCorona Virus #Covid19Dr.Rajan pandeyLumbeni Province
SummarizeShare246ScanTweet147

Related articles

न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट

न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट

by Nam Raj Bhatta
May 22, 2026
0

भक्तपुर अस्पताल न्यूनत्तम सेवा मापदण्डमा देशभरीकै उत्कृष्ट सेवा दिन सफल भएको छ । अस्पतालले आफ्नो  सर्वोत्कृष्टताको क्रममा यस अघि ९० अंकसहित ‘सेकेण्डरी बी लेभल’ को अस्पतालमध्ये सर्वोत्कृष्ट  हुन...

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं

by Nam Raj Bhatta
May 19, 2026
0

काठमाडौं विश्वविद्यालयले अर्को व्यवस्था नभएसम्मका लागि स्कुल अफ मेडिकल साइन्सेजको रिक्त डीन पदमा रही काम गर्न प्राडा. मनोज हुमागाईंलाई जिम्मेवारी दिइएको छ। काठमाडौं विश्वविद्यालयले ४ जेठमा उपकुलपतिस्तरीय निर्णय...

WVA Position Statement on recognizing veterinarians as healthcare professionals — Nepali translation by Dr. Manoj Kumar Shahi, Vice President, Nepal Veterinary Council.

पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा

by HNN
May 18, 2026
0

लेखक: डा. मनोज कुमार शाही उपाध्यक्ष, नेपाल पशु चिकित्सा परिषद् पशु चिकित्सकले जनावरको स्वास्थ्य र कल्याणको रक्षा गर्ने मात्र होइन, "एक स्वास्थ्य" अवधारणामार्फत मानिसको शारीरिक, मानसिक र सामाजिक...

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

by Nam Raj Bhatta
May 18, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौंले सरकारी अस्पतालहरूमा मेडिकल प्रतिनिधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ। संघले स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको “अस्पताल सुधार कार्यविधि”...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    757 shares
    Share 303 Tweet 189
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    676 shares
    Share 270 Tweet 169
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • न्युनतम सेवा मापदण्डमा भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ट
  • काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा. मनोज हुमागाईं
  • पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा
  • मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द
  • नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.