आज मिति : २०८२ जेष्ठ २२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

डा. राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल‌ दीप पदक द्वितीयबाट विभूषित

Nam Raj Bhatta by Nam Raj Bhatta
February 16, 2023
in News
A A
0
डा. राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल‌ दीप पदक द्वितीयबाट विभूषित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाँके, ४ फागुन २०७९

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल दीप पदक द्वितीयबाट विभूषित हुनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसर पारेर उक्त पदकबाट डा. पाण्डेलाई विभूषित गरेको हो । लुम्बिनी प्रदेश राजधानी भालुवाङमा आज एक समारोहकाबीच लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ समेत रहनु भएका डा. पाण्डेलाई उक्त पदक प्रदान गर्नुभएको हो ।

यो पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो । संबिधान दिवसको अवसरमा गएको असोज ३ गते डा. पाण्डेलाई उक्त पदक दिने घोषणा गरिएको थियो । प्रदेशको सम्बृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट विभूषित गर्ने गरिएको छ ।

received 1335025767346399

डा. पाण्डे २०७३ सालमा राष्ट्रपतिबाट प्रवल जनसेवा श्री, २०७८ मा सुप्रवल जनसेवा श्री, २०७८ सालमै पूर्व राष्ट्रपतिबाट बारबरा फाउण्डेसन पदक, २०७९ मा थारु आयोगद्धारा थारु रत्न पुरस्कारसहित दर्जनौं पदक तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

पश्चिम नेपालमा सिकलसेल, थालेसेमिया, स्क्रब टाइफस, डेंगी, कालाजार लगायतका रोगको पहिचान, निदान र उपचारमा डा. पाण्डेको योगदान महत्वपूर्ण छ । पूर्वी तराइका १२ जिल्ला मात्रै कालाजारको जोखिममा थिए । पश्चिम तराईमा यसको अध्ययन र अनुसन्धान हुन सकेको थिएन । त्यतिबेला नमुनानै परीक्षण नभएपछि कालाजार छ छैन पुष्टि हुने कुरा पनि भएन । डा. पाण्डेको पहलमा कालाजार लक्षण चिन्ह भएका बिरामीको नमुना जाँच हुन थालेपछि यसक्षेत्रमा पनि कालाजार भएको पुष्टि भयो ।

Dr. Rajan pandey physician

अहिले भेरी अस्पतालमा बर्सेनि कालाजारका ३५–४० जना बिरामी आउने गरेका छन् । उनीहरुको निशुल्क उपचार हुने गरेको छ । ती बिरामीले बाटो खर्च वाफत रु दुई हजार समेत पाउने गरेका छन् भने ल्याब खर्च भनेर पाँच हजारसम्म पाउने गरेका छन् । लुम्बिनी प्रदेशमात्रै नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशकै ११ औं तहका एकमात्र सिनियर चिकित्सक डा. पाण्डेले बिरामीको चेकजाँच र उपचारसँगै उनीहरुको अध्ययन गरी पोलेसी लेभलबाट त्यसको दीर्घकालीन समाधानको खोजी गर्ने काम गर्दै आउनुभएको छ ।

कोरोना महामारीको उपचार, निदान र परामर्शमा पनि डा. पाण्डेले पोलेसी लेभलमै बसेर भूमिका निर्वाह गर्नुभएको थियो । कोभिड उपचारमा भेरी अस्पताल देशभरीमै अब्बल हुनुमा डा. पाण्डेले नेतृत्व गरेको मेडिसियन विभागको भूमिका पनि उत्कृष्ट मानिन्छ । विश्व स्वास्थ्य संगठनको पेन प्लस कार्यक्रमका सिकलसेल विज्ञ डा. पाण्डेले दिने सुझावले राज्यको नीतिगत व्यवस्थामा फेरबदल हुने गरेको छ ।

सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि सम्पूर्ण बालबालिकाहरुको रगत परीक्षण अनिवार्य देख्नुहुन्छ । ‘जवसम्म सम्पूर्ण बालबालिकाको रगत परीक्षण गरिदैन तवसम्म यसको निर्मुलीकरण चुनौतिपूर्ण छ’ डा. पाण्डे भन्नुहुन्छ । सिकलसेल र थालेसेमियाको औषधि वीमामा अनिर्वाय समावेश गर्दै बीमाको प्रिमियर सरकारले तिरिदिनु पर्ने डा. पाण्डे सुझाव दिनुहुन्छ ।

रक्तजन्य रोगहरुको नेपाल रणनीतिका मुख्य मस्यौदाकार डा. पाण्डेले युरोपियन मुलुकसहित अहिलेसम्म २५ देशमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको अनुगमन, अवलोकनसहित कार्यपत्र प्रस्तुत गरिसक्नु भएको छ ।

Tags: Bheri hospitalCorona Virus #Covid19Dr.Rajan pandeyLumbeni Province
Nisarga hospital Dhangadhi
Previous Post

औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि आवेदन खुल्यो, यस्तो चाहिन्छ योग्यता

Next Post

सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमाको अवस्था गम्भिर, भारत लैजान अस्पतालको सिफारिस

Related articles

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

17 hours ago
779
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

1 day ago
815
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

3 days ago
814
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

3 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

4 days ago
869
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

4 days ago
800
Next Post
सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमाको अवस्था गम्भिर, भारत लैजान अस्पतालको सिफारिस

सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमाको अवस्था गम्भिर, भारत लैजान अस्पतालको सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,055)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...