काठमाडौँ, १३ भाद्र २०७९
स्वास्थ्य र समाजसेवामा उत्कृष्ट कार्यहरु गरी सेलीब्रेटी डाक्टरको रुपमा परिचित नाम हो डा. मनोर दिन सैयद ।
बिगत १ दशक देखि देशका अधिकांश भूभागका विभिन्न निमुखा बस्तिहरुमा पुगी जनताहरुसंग केहि समय बिताउने साथै नि: शुल्क स्वास्थ्य शिविर, खाद्यान्न र न्यानो कपडा वितरण कार्यक्रममा स्वयंसेवीको रुपमा झुल्किएका डा. सैयदले हालै आफ्नो जन्मस्थान भीरकोट-१, स्याङ्जामा न्यून आय भएका परिवारहरुलाई खाद्यान्न (चामल, दाल, नुन, तेल र चिनी ) र न्यानो कपडाहरु लगायत सामाग्रीहरु वितरण गर्नुभएको छ।
सो कार्यक्रममा सामाग्रीहरु प्राप्त गरेपछि मख्ख पर्दै ५२ बर्षिया महिलाले आफ्नो परिवारलाई १ महिना पुग्ने सामाग्री प्राप्त गरेकोमा खुशी ब्यक्त गरिन्। डा. सैयदले प्राय जसो गाउँ आउँदा सहयोग लिएर आईराख्ने बताईन।
सोहि कार्यक्रममा बोल्दै डा. सैयदले आउँदो दिनमा समेत आफ्नो नि-स्वार्थ भावनालाई निरन्तरता दिने र घरबार बिहिनहरुलाई राज्यले बिशेष राहतका योजनाहरु ल्याउनुपर्ने कुरामा जोड दिनुभयो।