चितवन, ३ माघ २०७७
चितवनस्थित भरतपुर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा.बासुदेव पाण्डेलाई नियुक्ति दिनुभएको छ ।
आइतबार स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै भाइरोलोजिष्ट डा. पाण्डेलाई भरतपुर अस्पतालको मेसुमा पठाइएको हो ।
यसअघि ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख भएर काम गर्नुभएका डा. पाण्डेलाई एक महिना अगाडि मन्त्रालय बोलाइएको थियो । डा. पाण्डेले २ महिनापछि अवकास पाउँदै हुनुहुन्छ ।
केहि दिन पहिले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई नियुक्त गरिएको थियो।