काठमाडौं, ११ साउन २०८१
“राम्रो स्वास्थ्य, राम्रो जीवन” भन्ने नारा सहित गुणस्तरिय स्वास्थ्य सेवा बिरामीले घरमै लिन चाहने ब्यक्तिलाई लक्षित गरि डक्टर्स हाउस कल सर्भिस नेपाल प्रा.लि. ले अब बालुवाटारबाट पनि नियमित सेवा दिने भएको छ।
गत कोभिड माहामारीमा बिरामीहरुलाई निरन्तर सेवा पुर्याएको अनुभव सँगालेका डक्टरहरुद्वारा सञ्चलित उक्त संस्थामा हाल ५० जना भन्दा बढी नर्सिङ्ग स्टाफ, १० जना मेडिकल अफिसर र बीर, ग्राण्डी, नर्भिक र मिडीसिटी अस्पताल लगायतका ५० जना भन्दा बढी बिशेषज्ञ चिकित्सकहरु संलग्न रहेका छन् । 
गोठाटार स्थित यो संस्थाले काठमाडौ उपत्यकामा नियमित सेवा दिइरहेको र पछि देशभरी नै सेवा पुर्याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष डा. उदगार यादबले जानकारी दिनुभयो।
डा. यादवका अनुसार बिरामीका माग र आवश्यकता बमोजिम चौबिसै घण्टा दक्ष नर्सिङ्गसेवा, फिजियोथेरापी, भिडियो एक्सरे, ल्याव परिक्षण, इसिजी सेवा, ड्रेसिङ्ग तथा माइनर प्रोसिड्युर र २४ सै घण्टा सेवा सेवाहरु बिरामीको घरैमा उपलब्ध गराउदै आएको छ ।
उनले भने, होम सर्भिसले बिरामीहरुले सहज तरिकाले समयमै सही उपचार र स्वास्थ्य सल्लाह पाउदै आएका छन् । यस किसिमको सेवाले सानो समस्याका करण पनि घण्टौ लगाएर अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य हुनुको साथै अस्पताल आउनै पर्ने बिरामीहरुले पनि सरल तरिका बाट छरितो र सहज उपचार पाउन सम्भव हुने पनि उनले बताए।
घरमै पुगेर मेडिकल अफिसरले बिरामीको आवश्यक्ता बमोजिम बिरामी र बिशेषज्ञ चिकित्सकलाई टेलिफोन र भिडियोकल मार्फत बाट पनि परामर्श दिने डा. यादवले बताए। काठमाडौंका स्तरिय प्रयोगशाला र फार्मेसीहरु सँगको समन्वयमा घरमै स्याम्पल कलेक्सन गर्ने र आबश्यक औषधिहरु डेलिभरी दिने गरेको पनि उनले जानकारी दिए ।
डा. यादवका अनुसार यस संस्थाको सेवा लिन चाहने ब्यक्तिले टेलिफोन, वेवसााइट, एप, भाइवर वा फेसबुक मार्फत समेत सम्पर्क गर्न सकिने छ।





