काठमाडौं, १४ जेठ २०७९
नेपाल मेडिकल काउन्सिलले लिएको एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षामा ३२ प्रतिशत विद्यार्थी पास भएका छन् भने ६८ प्रतिशत विद्यार्थी फेल भएका छन्।
मेडिकल काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार प्रकाशित गरेको हो।
परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी रहेको थियो। सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी चिकित्सक मध्ये एक हजार १७ जना अनुत्तीर्ण भएका छन् भने दुई जनाको परीक्षा रोकिएको छ।