काठमाडौं,२२असोज २०७७
चिकित्सा शिक्षा आयोगले लिन लागेको पिजीको प्रवेश परीक्षा रोकिएको छ । सर्वोच्च अदालतले अन्तिरिम आदेश जारी गरेपछि अर्को सूचना नभए सम्मका लागि प्रवेश परीक्षा रोकिएको आयोगले जानकारी दिएको छ । आयोगले बिहीबार सूचना निकाली सर्वाच्चको अन्तरिम आदेशका कारण पवेश परीक्षा रोकिएको जानकारी दिएको हो ।
यस अघि आयोगले १९ गते निकालेको सूचनामा प्रवेश परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थी पनि सहभागी हुन पाउने भनेको थियो । असोज २७, २८ र २९ गते लिइने स्नातकोत्तर तहको प्रवेश परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।