नेपाली सेनाका ती चिकित्सक संक्रमण पुष्टि हुनुभन्दा १० दिन अगाडि सीन्धुली पुगेका थिए । हाल शशस्त्र प्रहरी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनी को कोसंग सम्पर्कमा थिए ट्रेसिङ कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । यसअघि मंगलबार एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत चिकित्सकलाई कोभिड १९ संक्रमण पुष्टि भएको थियो । हालसम्म दुइ चिकित्सकलाई कोरोना संक्रमण भएको छ । अर्को डाक्टरको टेकु अस्पतालमा उपचार भइ रहेको छ।