काठमाडौं, २६ जेठ २०७९
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थालेको पहलमा बल्खु स्थित रहेको डेन्टल भिल्लाले पनि साथ दिने भएको छ।
दन्त उपचारकाे साथ साथै समाज सेवाकाे रूपमा आफ्नै भवनमा अवस्थित डेन्टल भिल्लामा सर्वसाधारणले निःशुल्क रूपमा शौचालय प्रयोग गर्न पाउने भएका छन्।
डेन्टल भिल्लाले सर्व साधारणलाई याे जानकारी आफ्नाे वेवसाइट (www.dentalvilla.com) तथा अफिसियल फेसबुकपेजबाट गराएका हुन।
दातँकाे उपचार गर्ने विरामीहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि निशुल्क रूपमा प्रयोग गर्न पाउने छन्।
डेन्टल भिल्लाले सुलभ खर्चमा विशेषज्ञ सेवा दिई निकै कम समयमा राम्राे नाम कमाएकाे संस्थामा पर्छ।
मेयर शाहले काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा छ वटा प्रस्ताव मध्ये एजेन्डाको चौथो बुँदा सार्वजनिक शौचालयको व्यवस्थाबारे थियो र साेहि अनुरूप काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल, रेष्टुरेन्ट, पेट्रोल पम्प तथा अन्य व्यवसायहरूलाई शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न र सुचिकृत गर्न आव्हान गरेकाे थियाे।
यस अघि काठमाडौंका केही होटल तथा रेष्टुरेन्टहरु लगायत नविल बैंक र हाेन्डा कम्पनिले पनि आफूसँग भएका शौचालयहरुलाई सार्वजनिक प्रयोगका लागि खुला गरीसकेका छन्।