Ghorahi sub metro tb awareness message
Baitadi swasthya karyalaya awareness
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा डेन्टल एसोसिएसनले गर्यो फुटसल प्रतियोगिता

Nam Raj Bhatta by Nam Raj Bhatta
March 19, 2022
in News
A A
0
मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा डेन्टल एसोसिएसनले गर्यो फुटसल प्रतियोगिता
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०५ चैत २०७८

विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा नेपाल डेन्टल एसोसिएसनले फुटसल प्रतियोगिता सम्पन्न गरेको छ।

वर्ल्ड डेन्टल फेडेरेसनको संयोजकत्वमा विश्व भरिका १४० भन्दा बढी देशहरूमा हरेक वर्ष मार्च २० मा मनाइने विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपालमा दन्त चिकित्सक हरुको छाता संगठन नेपाल डेन्टल एसोसिएसनले हरेक वर्ष विश्व मुख स्वास्थ्य दिवस मनाउँदै आइरहेको छ। यसै सन्दर्भमा विश्व मुख स्वास्थ्य दिवसलाई लक्षित गरी देशव्यापी कार्यक्रमहरूको तयारी गरिरहेको नेपाल डेन्टल एसोसिएसनले शनिबार दन्त चिकित्साका विद्यार्थी, चिकित्सक तथा प्राचार्यहरुको समेत सहभागितामा काठमाडौंमा फुटसल प्रतियोगिता गरेको हो।

वसुन्धरा फुटसल ग्राउण्डमा दन्त चिकित्सकहरुको एक आपसमा सहकारिता, सद्भाव, समन्वय, सहकार्य र सह अस्तित्व कायम गर्न फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।

Truederma 1

Futsal 2 scaled

प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ४ वटा टिमको सहभागिता रहेको नेपाल डेन्टल एसोसिएसनका महासचिव एवं मुख स्वास्थ्य दिवस आयोजना कमिटीका अध्यक्ष डा. गालव अधिकारीले बताए।

डा. अधिकारीका अनुसार महिला तर्फको बिजेता काठमाडौं मेडिकल कलेजको टोली थियो भने उपबिजेता टिम काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्स भएको थियो।‌

त्यस्तैगरी काठमाडौं बाहिरबाट सहभागिता जनाएको एक मात्र टोली चितवन मेडिकल कलेजको टिमले पुरुष तर्फको फुटसल रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको थियो भने उपविजेता टोली कान्तिपुर डेन्टल कलेज बसुन्धरा रहेको थियो।

Futsal tournament scaled

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुष तर्फ चितवन मेडिकल कलेजका क्षितिज प्रसाईं र महिला तर्फ काठमाडौँ मेडिकल कलेज की युकी खड्कालाई घोषित गरिएको थियो।

सहभागिता जनाएका सबै खेलाडीहरूलाई प्रमाणपत्र, तथा विजेता र उपविजेतालाई प्रमाणपत्र, पदक तथा नगद पुरस्कार ‌बितरण गरिएको थियो।‌

यसै गरी विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपालका १२ ओटा शाखा कार्यालयले विभिन्न कार्यक्रमहरु मनाउने निर्णय गरेको जानकारी एसोसिएसनका अध्यक्ष डा. सुभित मास्केले दिनुभएको छ।

Best player scaled

केन्द्रीय कमिटीले देशभरिको सहभागितामा मुख स्वास्थ्य दिवसको अवसरमा विगत एक हप्तादेखि सामाजिक सञ्जालमा १० ओटा विशेषज्ञ टोलीको जनचेतनामुलक भिडियो प्रतिस्पर्धा समेत संचालन गरिरहेको छ। जसमा तीन वटा विजेता टोलीलाई पुरस्कार बितरण हुने भएको डा. मास्केले बताए।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा आम सर्वसाधारणको जनचेतना जगाउनको निमित्त कलाकार, सामाजिक हस्ती तथा प्रतिष्ठित डाक्टरहरुको जनचेतनामुलक संदेश समेत सामाजिक सञ्जालमा प्रेषण गरिने जानकारी डा. अधिकारीले दिनुभयो ।

नेपाल डेन्टल एसोसिएसनले भोलि विश्व मुख स्वास्थ्य दिवसको दिन आफ्नो आधिकारिक फेसबुक पेजबाट देशभर यी भिडियो हरु प्रसारण गर्दै छ जसको मूल उद्देश्य आम सर्वसाधाणलाई आफ्नो मुखको स्वास्थ्य प्रति सजग गराउनु हो। दिवसको दिन काठमाडौं उपत्यकामा र उपत्यका बाहिर थुप्रै कार्यक्रम हुने भएको छ।

Groud scaled

एसोसिएसनका १२ वटा शाखाहरुले देशका विभिन्न ठाउँमा जनचेतनाको लागि र्याली, तीन वटा विद्यालयमा स्कूल डेन्टल हेल्थ जनचेतनामुलक कार्यक्रम, फोटो प्रदर्शनी, गोष्ठी लगायत कार्यक्रम सञ्चालन गरिरहेका छन्।

दिवसमा नेपालका विभिन्न डेन्टल कलेज, अस्पताल तथा क्लिनिकहरुमा निशुल्क परामर्श तथा उपचार सेवामा छुटको समेत व्यवस्था गरिएको डा. अधिकारीले बताए।

Tags: #Kantipur Dental CollegeChitwan Medical collegeCorona Virus #Covid19Dr. Galav AdhikariDr. Suvit maskeyFutsal tournamentNepal Dental associationWorld Oral Health Day
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

हेल्थ असिस्टेन्ट संघ नेपाल डोटी शाखाको अध्यक्षमा खड्का निर्वाचित

Next Post

सिंहदरबार भित्र हेल्थ डेक्स शुरु #Healthdesk

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

35 mins ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

1 hour ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

11 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

12 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

16 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

24 hours ago
775
Next Post
सिंहदरबार भित्र हेल्थ डेक्स शुरु #healthdesk

सिंहदरबार भित्र हेल्थ डेक्स शुरु #Healthdesk

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...