आज मिति : २०८२ जेष्ठ १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो

ललितपुर, काठमाडौं र रुपन्देहीमा डेंगु संक्रमण ह्वात्तै बढेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
September 2, 2022
in News
A A
0
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १७ भाद्र २०७९

डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको छ । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको हो । देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

डेंगु संक्रमणबाट धनगढीमा एकजनाको मृत्यु भएको छ । धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचाररत एक महिलाको डेंगुका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका – ३५ की वर्षीया गीता शाहीको उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो । मृत्युअगाडि लिइएका नमुनामा परीक्षण गर्दा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तर, शाहीमा निमोनियासमेत रहेकाले संक्रमणबारे अस्पतालसँग थप समन्वय गरिरहेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार अस्पतालबाट मृत्युको विवरण आए पनि थप मेडिकल प्रमाणसहित पुष्टि गर्न अस्पताललाई निर्देशन दिइएको हो ।

हाल ललितपुर, काठमाडौं र रुपन्देहीमा ह्वात्तै संक्रमण बढेको महाशाखाले जनाएको छ । त्यसपछि संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायतका जिल्लामा डेंगु संक्रमण फैलिएको छ । योसँगै उपत्यकाका अस्पतालहरूमा ज्वरोसहितका लक्षण भएका बिरामीको भिडभाड बढेको छ । संक्रामक रोगको उपचार हुने टेकु अस्पतालको इमर्जेन्सीमा बिहीबार डेढ सयभन्दा बढी बिरामी उपचारका लागि पुगेका थिए ।

हाल टेकु अस्पतालमा डेंगुका २४ जना बिरामी भर्ना भएकामा चारजनाको आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Teku hospital
Teku hospital
अस्पतालका प्रवक्ता नवराज गौतमका अनुसार ओपिडीमा सयभन्दा बढी र इमर्जेन्सीमा डेढदेखि दुई सय लक्षणसहितका बिरामी दैनिक पुग्ने गरेका छन् । इमर्जेन्सीमा पुग्ने अधिकांश बिरामीमा सामान्य परीक्षण र उपचार गरी फर्कने भएकाले भर्ना गर्नुपर्ने अवस्था नरहेको डा. विमल चालिसेले बताउनुभयो। ज्वरो र दुखाइको समस्या लिएर आउने बिरामी धेरै छन् ।
Tags: #government of NepalCorona Virus #Covid19Teku Hospitalडेंगी #Dengue
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य सेवा समुहको एघारौं तहका कर्मचारीको पदस्थापन, व्यवस्थापन महाशाखामा डा. शर्मा

Next Post

नेपाल डेन्टल हाइजेनिष्ट एशोसिएसनको अध्यक्षमा अमृत भुसाल निर्वाचित

Related articles

निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

15 minutes ago
779
नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

4 hours ago
818
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

22 hours ago
817
पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला
News

पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला

1 day ago
783
नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै
News

नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै

1 day ago
810
चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सक लाइसेन्स परीक्षामा ७७ प्रतिशत उत्तीर्ण

2 days ago
783
Next Post
नेपाल डेन्टल हाइजेनिष्ट एशोसिएसनको अध्यक्षमा अमृत भुसाल निर्वाचित

नेपाल डेन्टल हाइजेनिष्ट एशोसिएसनको अध्यक्षमा अमृत भुसाल निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,050)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...