जुम्ला, १४ भदौ, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा प्रतिष्ठानका सहकुलपति समेत रहेका मोहन बहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौला डायलाइसिस सेवाको शुभारम्भ गरेका छन्।
आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आयोजित कार्यक्रममा मन्त्री वस्नेतले सेवाको शुभारम्भ गरेका हुन्।

त्यसैगरी आजै विश्व स्वास्थ्य संगठनले दिएको प्रतिष्ठानमा सिमुलेसन ट्रेनिङ ल्यावका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण समेत गरिएको छ।