Magnus pharma IRGONOL cream Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu
आज: २०८३ बैशाख १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #Covid19

HNN Staff by HNN Staff
April 24, 2020
in News
Reading Time: 1 min read
A A
0
अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #Covid19
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डडेल्धुरा, १२ बैशाख

सुदूरपश्चिम प्रदेशको केन्द्र भाग डडेल्धुरास्थित संघीय सरकारअन्तरगतको सुदूरपश्चिम प्रदेशकै एक मात्र विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा पानी चुहिने समस्या भएपछि बिरामीहरुलाई समस्या भएको छ। बिहीबार बेलुकीपख परेको पानीले अस्पतालको छाना चुहिएपछि अस्पतालमा बेड भर्ना रहेका बिरामीलाई समस्या भएको हो।
बिरामी रहेको वार्डको बेडमा बाहिर जत्तीकै पानी चुहिएपछि वार्डमा रहेका बिरामीलाई निकै समस्या भएको प्रत्यक्षदर्शीले बैतडी पाटनका धर्मराज भट्टले बताए।

विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा अहिले यहाँका ७ वटै पहाडी जिल्लाबाट बिरामीहरु आउने गर्दछन्। वार्ड भित्रै पुरै चुहिने समस्याका कारण करीब ६ वेडमा रहेका बिरामीलाई अन्यत्र सारेर उद्धार गरिएको छ।
असपताल भित्रै पानी जमेपछि वार्डमा रहेका सबै बिरामी समस्यामा परेको बिरामीका कुरुवा महेन्द्र धनाडीले बताए। ‘हामीले पानी छल्दै बेडमा बस्नु परिरहेको छ।’ धनाडीले भने।

लकडाउनको समयमा समेत निकै बढी बिरामीको उपचार गर्ने डडेल्धुरा विशेषज्ञ अस्पतालको यो अवस्थाले बिरामीलाई मात्र होइन चिकित्सकलाई समेत हैरान पारेको छ।
नयाँ भवनको पानीसमेत पुरानो भवनको छानामा पर्ने र बाहिर निकास नभएपछि पानी भित्र पस्ने समस्या रहेको अस्पतालले जनाएको छ।
भौतिक संरचनाको अभावमा एचडिसिएस नामक गैर सरकारी संस्थाले अस्पताल स्थापनाका बेला निर्माण गरेको पुरानो जीर्ण भवनबाट सेवा संचालन गर्नुपरिरहेको र जीर्ण हुँदा समस्या आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए।

‘यहाँ केही समयदेखि पानी चुहिने समस्या छ। नयाँ भवनको पानी पनि यहीँ पुरानो भवनमा झर्छ।’ उनले भने, ‘प्राविधिकहरू बोलाएर पनि समस्या सामाधान गर्न खोजेका हौं। तर नयाँ भवन निर्माण गर्दा ध्यान नपुगेकाले यो समस्या आएको हो।’
पानी रोख्नको लागि विभिन्न प्रयासहरू गरेपछि धेरै पानी जम्मा हुने भएकाले समस्या सामाधान हुन नसकेको उनको भनाइ छ। पानी चुहिने समस्या सामाधानका लागि फेरि प्राविधिक बोलाएर मर्मत गरिने जानकारी दिए। नयाँ भवन निर्माणका क्रममा रहेकाले भवन निर्माण भए यो समास्या पूर्णरुपमै सामाधान हुने उनले बताए।
संघीय सरकारले सुदूरपश्चिमको केन्द्र भागमा रहेको डडेल्धुरा अस्पतालमालाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्दै जाँदा भौतिक संरचनाको अभावका कारण वर्षादको समयमा अस्पतालमा झनै समस्या हुने गरेको छ।

Tags: Corona Virus #Covid19Dadeldhura hospital
SummarizeShare235ScanTweet147

Related articles

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

by Nam Raj Bhatta
April 26, 2026
0

नेपाल औषधि आयातकर्ता संघद्वारा “नियामकीय समस्या, चुनौती तथा सम्भावना” विषयक एक दिने महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा औषधि आयातकर्ता, विदेशी उत्पादक कम्पनीका देश प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको...

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

by Nam Raj Bhatta
April 26, 2026
0

 ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण मानिएको यो प्रदर्शनी...

यूके जानेको मेडिकल जाँच नर्भिक हस्पिटलमा हुने

नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने

by Nam Raj Bhatta
April 26, 2026
0

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अबदेखी शनिबार पनि अस्पतालको ओपीडी सहित प्रयोगशालाद लगायतका सेवा दिने भएको छ। थापाथलिस्थित नर्भिक हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हो। यसअघि शनिबार...

नेपाल औषधि व्यवसायी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

नेपाल औषधि व्यवसायी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

by Nam Raj Bhatta
April 26, 2026
0

नेपाल औषधि व्यवसायी संघ बर्दियामा कृष्ण पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । सातौ वार्षिकोत्सब तथा तेस्रो जिल्ला अधिवेशनले कृष्ण प्रसाद पौडेललाई अध्यक्षमा चयन गरेको हो ।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    689 shares
    Share 276 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    632 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    677 shares
    Share 302 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल
  • ‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै
  • नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने
  • नेपाल औषधि व्यवसायी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा यशोदा अर्याल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.