काठमाडौं, १७ फागुन २०७८
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएदेखि कुल जनसंख्याको ६० प्रतिशतले पूर्णमात्रा खोप लगएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्यामध्ये एक करोड ७५ लाख ४७ हजार २८१ जनाले पुर्णमात्रा खोप लगाएका छन्।
१३ महिनाको अवधिमा तीन करोड ७२ लाख ३३ हजार ८७२ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा ११ लाख ८९ हजार ८१६ जनाले जनाले अतिरिक्तमात्रा डोज लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।