काठमाडौं, २७ भाद्र २०७७
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय २ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । १० हजार १ सय ७६ जनाको पीसीआर भएकोमा १ हजार २ सय २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको अपडेटद्वारा जनाएको हो ।
यो सँगै सङ्क्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । आज नेपालमा १५ हजार २ सय ६० जना सक्रिय सङ्क्रमित छन् । यस्तै गएको २४ घण्टामा ८ सय ५२ जना कोरोनामुक्त भएका छन् ।

यो सँगै कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ । यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३ सय ३६ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।