काठमाडौं, भाद्र २०७७
थप ९ सय ७९ जनामा कोरोना कोभिड १९ संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४७ हजार २ सय ३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड।जागेश्वर गौतमका अनुसार ९ हजार २ सय १५ जनामा नमुना परीक्षण गर्दा ९ सय ७९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १ हजार ७ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३० हजार ६ सय ७७ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय जना पुगेको छ।