काठमाडौं, १६ भाद्र २०७७
पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा आज ४८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३२ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । जसमध्ये ३४४ जना महिला र ७२५ पुरुषहरु रहेका छन्।
हालसम्म आइसियुमा रहनु हुनेको संख्या १२७ जना छ भने १७ जना भेन्टिलेटरमा छन्।