काठमाडौं , ३२ जेठ
नेपालमा पछिल्लो चौविस घण्टामा विभिन्न जिल्लाका थप ४२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५० जना महिला र जना ३७५ पुरुष गरी कुल जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।
डा. गौतमका अनुसार नयाँ संक्रमितहरु जिल्ला बारा, पर्सा, नवलपरासीपूर्व, मोरङ, डोटी, दैलेख, सुर्खेत, बर्दिया, कन्चनपुर, रुकुम पश्चिम, प्युठान, दाङ, रौतहट, महोत्तरी रामेछाप, गुल्मी, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा लगायतका छन् ।
प्रवक्ता डा .गौतमले पछिल्लो चौविस घण्टामा ६१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा ६ महिला ५५ जना पुरुष रहेका छन् । आजको डिस्चार्ज संगै कोरोना जितेर डिस्चार्ज हुनेको ९७४ संख्या पुगेको छ ।
डिस्चार्ज हुनेमध्ये पुरुष ८७७ र महिला ९७ जना रहेको समेत उनले जानकारी दिए । अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ जना पुगेका छ्न।