आज मिति : २०८२ जेष्ठ २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

हङकङमा कुकुरमा देखियो कोरोना भाइरस

HNN Staff by HNN Staff
March 5, 2020
in News
A A
0
coronavirus vial 1
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् ।
यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् ।
पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थियो । सुरुमा एकदमै न्यून रुपमा संक्रमण भएको बताइएको थियो । कुकुरको नाक वा मुख कोभिड–१९ संक्रमण हुन सक्ने सिँगान तथा र्‍यालजस्ता चिजको सम्पर्कमा पुगेको हुन सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिने पनि साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ । ‘कुकुरमा कोभिड–१९ पोजिटिभ देखिएको छ । कृषि, मत्स्यपालन तथा संरक्षण विभागमा उसलाई क्वारेन्टाइनमा राखिनेछ,’ हङकङकी स्वास्थ्य मन्त्री सोफिया चान सिउ चीले नियमित पत्रकार सम्मेलनमा भनिन् । नियमित रुपमा कुकुरको स्वास्थ्य चेक गरिने र नेगेटिभ नदेखिएसम्म क्वारेन्टाइनमै राखिने पनि उनले जानकारी दिइन् ।
विभागले हङकङ विश्वविद्यालय, सिटी विश्वविद्यालय र पशु स्वास्थ्यसम्बन्धी विश्व संगठनसँग पनि यसबारेमा परामर्श गरिरहेको बताएको छ ।
विप्रवक्ताले अहिलेसम्म घरपालुवा जनावर कोभिड–१९ संक्रमणको स्रोत भएको पुष्टि नभएकाले यस घटनाबाट आत्तिनु नपर्ने बताएका छन् । घरपालुवा जनावरको सरसफाइमा ध्यान दिनुको अलावा अत्याधिक चिन्तित हुन नपर्ने पनि विभागले बताएको छ । कुनै पनि परिस्थितिमा घरपालुवा जनावरलाई त्याग्नुपर्छ भन्ने अवस्था नरहेको पनि विभागले जनाएको छ ।
अहिले भएका परीक्षणको रिपोर्टले कुकुरमा एकदमै न्यून तहको संक्रमण हुने देखिएको छ । सन् २००३ मा सार्स महामारीका बेलामा पनि केही कुकुरमा न्यून तहको संक्रमण देखिएको थियो,’ सिटी विश्वविद्यालयकी पशु स्वास्थ्य विज्ञ भेनेसा बार्सले भनिन् । घरबेटीलाई कोभिड–१९ को संक्रमण देखिएकाले पोमरेनियन प्रजातिको कुकुरमा देखिएको संक्रमण अचम्मित पार्ने खालको पनि नभएको उनले बताइन् ।
खोज अनुसन्धान र प्रमाणका आधारमा कोभिड–१९ मानिसबाट मानिसमा मात्रै सरेको देखिएकाले नआत्तिन उनले आग्रह गरिन् ।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमणबाट हङकङमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १०३ जनामा संक्रमण देखिएको छ । कान्तिपुरबाट ।
Tags: Corona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

How to cope with stress during COVID-19 (Novel Corona) 2019-nCoV outbreak

Next Post

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को अध्यक्षमा दहाल

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

1 day ago
956
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

3 days ago
791
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

3 days ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

3 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

3 days ago
801
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

4 days ago
795
Next Post
NMSRA Representatives 2076

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को अध्यक्षमा दहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.