Magnus pharma
आज: २०८२ चैत्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बिश्वमा कोरोना भाइरसको कारण अहिलेसम्म कुन देशमा कति छ ।(हेर्नुस पूरा विवरण )

HNN Staff by HNN Staff
March 7, 2020
in News
A A
1
Novel Coronavirus COVID-19 Situation WHO

Novel Coronavirus COVID-19 Situation WHO

586
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख ११३  पुगेको  छ ।

उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका सङक्रमित करिब ८० हजार जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विश्वभर हाल कोरोना संक्रमितहरु १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या शनिबारसम्म ३ हजार ५०० नाघेको छ । यस भाइरसको सङ्क्रमण ९२ ओटा देशमा फैलिएको छ  ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी छ हजार ७६७ जनामा कोरोना संक्रमण देखिएको शनिबार जनाइएको छ ।

कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या बढेर १९७ पुगेको बताइएको छ । त्यसैगरी गरी इटालीमा ३ हजार ९१६ जनामा यस रोगको सङ्क्रमण भएको पाइएको छ ।

इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।

उता संयुक्तराज्य अमेरिकाको  फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको संख्या १६ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा २०० सय भन्दा बढी व्यक्तिमा यस भाइरसको सङ्क्रमण देखिएको छ ।

यस भाइरसको प्रकोपबाट स्पेनमा पनि पाँच जनाको ज्यान गएको छ । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ पाँचको मृत्यु भएको हो । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ यस प्रकोपबाट एकजनाको ज्यान गएको र त्यससँगै यसबाट ज्यान जानेको संख्या पाँच पुगेको हो ।

स्पेनका स्वास्थ्य अधिकारीहरुले यस भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको संख्या ३६५ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

स्पेनको म्याड्रिड सहरमा नै यसका संक्रमित भेटिएका छन् । स्पेनका स्वास्थ्य अधिकारीहरुले बिहीबार मात्र त्यहाँ १०२ जना नयाँ संक्रमित भेटिएका हुन् ।

राजधानी म्याड्रिड सहरमा शुक्रबारसम्म १३७ वटा यस भाइरसका संक्रमितहरु उपचारमा रहेका छन् । उक्त सहरमा गएराति सम्म २४ घन्टाभित्रै दुई जनाको ज्यान गएको छ ।

ती दुईजना मध्ये एकजना ९९ वर्षीया महिला र अर्का ७६ वर्षका बृद्ध पुरुष रहेका छन् । यहाँका अधिकारीहरुले पनि यो भाइरसले बढीजसो बृद्धबृद्धाहरुलाई शिकार बनाउने गरेको अनुभव बताएका छन् ।

यसैगरी प्राप्त समाचारमा यो भाइरसको संक्रमण नेदरल्याण्ड्समा पनि देखिएको छ । नेदरल्याण्ड्समा यसको प्रकोपबाट एकजना बृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

Corona Virus Simple Checkup
Corona Virus Simple Checkup

उनीहरुका अनुसार शुक्रबार मात्र नेदरल्याण्ड्समा यस भाइरसबाट एकजना ८६ वर्षीय बृद्धिका ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

नेदरल्याण्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
शुक्रबार मात्र यहाँ ८२ जना कोरोना भइरसका सङ्क्रमित रहेको पाइएकोमा त्यो संख्या बढेर शनिबार नै १२८ पुगेको पनि बताइएको छ । यसका कारण यहाँको सरकारले विशेष सतर्कता अपनाएको पनि जनाएको छ ।

यसैबीच इरानबाट प्राप्त भएको पछिल्लो समाचारमा त्यहाँ यसको प्रकोपबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ । इरानी सरकारले शुक्रबार मात्र १७ जनाको ज्यान गएको घोषणा गरेको हो । योसँगै यस भाइरसबाट मृत्यु हुनेको संख्या १२४ पुगेको हो ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो संक्रमणबाट शुक्रबार साँझसम्ममा ४ हजार ७४४ जना संक्रमित रहेका छन् । यहाँ हरेक दिन नयाँ नयाँ संक्रमित थपिँदै गएका बताइएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ १ हजार २३४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु ठूलो संख्यामा थपिँदै गएकोले अवस्था बडो चिन्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ ।

Tags: Corona Virus #Covid19
SummarizeShare235ScanTweet146

Related articles

Dr. Bishnu bandhu bagale

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त

by Nam Raj Bhatta
April 1, 2026
0

चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. बगालेलाई प्रमुख सुपरिटेन्डेन्टमा नियुक्त...

छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल

छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल

by Nam Raj Bhatta
April 1, 2026
0

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ। २६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गर्दै अद्वितीय माया,...

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

by Nam Raj Bhatta
March 31, 2026
0

नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा  करिब २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । खोटाङको रणभीम गण मुडे र १८ नम्बर फिए गुल्मको संयुक्त आयोजनामा...

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

by Nam Raj Bhatta
March 30, 2026
0

काठमाडौँ महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ। महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क परीक्षण र प्रारम्भिक निःशुल्क उपचार सुरु गरेको हो। महानगरले निःशुल्क...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    660 shares
    Share 264 Tweet 165
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    669 shares
    Share 299 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त
  • छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल
  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.