काठमाडौं बैशाख १०,
विश्वभरीको विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या निको भएर घर फर्किने ६ लाख ९५ हजार भन्दा बढी पुगेको छ। कोरोना सन्क्रमितको संख्या पनि त्यतिकै दिन प्रतिदिन बढेर साढे २५ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमितको सङ्ख्या २५ लाख ५७ हजार ९ सय पुगेको हो।
अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा ४५ हजार भन्दा बढिको ज्यान गएको छ भने सन्क्रमितको संख्या ७ लाख भन्दा बढी पुगेको छ। त्यस्तै इटलीमा २३ हजार भन्दा बढिको ज्यान गएको छ। स्पेनमा २१ हजार भन्दा बढीको मृत्यु भएको छ भने फ्रान्समा २० हजारको ज्यान गएको छ। त्यस्तै बेलायतमा पनि कोरोना बाट मृत्यु हुनेको संख्या १७ हजार भन्दा बढी पुगेको छ।
छिमेकी मुलुक भारतमा १८ हजार जनामा सन्क्रमित भएको छ भने मृत्यु हुनेको संख्या ६४० नाघेको छ। कोरोना जितेर भारतमा घर फर्किनेको संख्या साढे तीन हजार ब्यक्ति पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।