बिश्वभर कोरोनाको संक्रमणबाट ९६ नेपालीको मृत्यु , सात हजार भन्दा बढी सन्क्रमित #Covid19

काठमाडौं ४, जेठ

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेको छ भने कोरोना सन्क्रमितको संख्या ७ हजार भन्दा बढी रहेको छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । संयुक्त अरब इमिरेट्स (युएइ) मा नौ, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

कोरोना भाइरसका कारणले यो साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेमा बेलायत १२, युएई तीन, साउदी अरब दुई र नेपाल एक रहेको एनआरएन स्वास्थ्य समितिले जनाएको छ ।

Next Post

Discussion about this post

ADVERTISEMENT