काठमाडौं ३०, बैशाख
नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १९१ पुगेको छ । मंगलबार मात्रै ५७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबै संक्रमित पुरुष देखिएका हुन् ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा एक संक्रमित भेटिएका हुन् । नयाँ सबै (५७) संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या ३३ पुगेको छ। आजको दिन नेपालमा अहिलेसम्मकै धेरै सन्क्रमित भएको पनि डा.अधिकारीले बताउनु भयो।