१९, बैशाख काठमाडौं
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख नाघेको छ । तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
संक्रमितमध्ये १० लाख ३९ हजार १ सय ४४ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।
विश्वमा २ लाख ३३ हजार ८ सय ३९ जनाले ज्यान गुमाइसकेका छन्।
विश्वका विभिन्न अस्पताल र घरमै बसेर कोरोना भाइरसको उपचार गराइरहने संक्रमितको संख्या २० लाख ३१ हजार ३ सय ९८ रहेको छ।
उपचारतमध्ये ५० हजार ९ सय ४७ जनाको स्वास्थ्य गम्भीर रहेको छ भने १९ लाख ८० हजार ४ सय ५१ जनाको अवस्था सामान्य रहेको छ।
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ९५ हजार १९ जना पुगेको छ, जसमध्ये ६३ हजार ८ सय ५६ जनाको मृत्यु भइसकेको छ। स्पेनमा संक्रमितको संख्या २ लाख ३९ हजार ६ सय ३९ रहेको छ भने २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ।