काठमाडौं चैत १७ , २०७६
आज बिहान मात्रै चीनबाट आयात भएका कोरोना परीक्षण गर्ने मेशिन विभिन्न चार प्रदेशलाई प्रदान गरिने भएको छ । समितिको बैठकले आवश्यकताका आधारमा प्रदेश नं २, प्रदेश ५, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिममा एक/एक थान पीसीआर मेशिन उपलब्ध गराउने निर्णय भएको सचिव बिडारीले जानकारी दिनुभयो । बाँकी रहेको एक थान मेशिन भने काठमाडौँमा नै राखिने भएको छ । आवश्यकताको आधारमा सो मेशिन उपलब्ध गराइनेछ ।
धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण शुरु भइसकेकाले तत्काल उपलब्ध गराइएको छैन । यस्तै एक एक हजार थान पीपीआईसहित, अन्य उपकरण र औषधि उपलब्ध गराउने भएको छ।
https://healthnewsnepal.com/tag/corona-virus/