काठमाडौं ,३ जेठ
नेपालमा कोरोना सन्क्रमितको संख्या २७६ पुगेको छ। थप ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिएका छ्न ।
डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा कपिलवस्तु , सिराहा, सर्लाही ,पर्सा , बर्दिया र चितवनका गरि ६ जनामा कोरोनाको पुष्टि भएको डा.अधिकारीले बताए।उनिहरुको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु भएको थियो।कपिलवस्तुका २५, ३४ र ४४ वर्षका पुरुषहरु, पर्सा बिरगंज निवासी२८ र २९ वर्षका पुरुषहरु ,बर्दियामा २८ वर्षकि महिला , सिरहामा ३० वर्षका पुरुष , सर्लाहीमा १८ वर्षकि महिला र चितवन गढौलीकी २५ वर्षकि महिला रहेको डा.अधिकारीले बताएका छ्न।
अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ३६ पुगेको छ।