काठमाडौं ,९ जेठ
एकाबिहानै ३० जना नयाँ सन्क्रमित संगै नेपालमा कोरोना सन्क्रमितको संख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिएका छ्न ।
डा.अधिकारीका अनुसार नवलपरासी बर्दघाटका३३, ४५ र ४५ वर्षका पुरुष र १५ वर्षकि महिला छ्न भने भरतपुर महानगरपालिकाका ७४ वर्षका पुरुष र ७३ वर्षका पुरुष हुनुहुन्छ ।
त्यस्तै कपिलवस्तु वाणगङ्गा नगरपालिका २४,२५,२७,२९,३४,३६,४५ र ५३ वर्षका पुरुषहरु र ८ वर्षकि बालिकामा कोरोना संक्रमण भएको छ। त्यस्तै गरि सर्लाहीमा ८,९,११,१३,१४,२२,२२,२४,२५,२५,२७,३२,३४,३४,३५,३८,३८,३८ र ३९ वर्षका हुनुहुन्छ। भने १८ वर्षकि महिलामा कोरोनाको पुष्टि भएको डा.अधिकारीले बताए।
उनिहरुको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गर्दा पोजेटिभ देखिएको डा.अधिकारीले बताएका छ्न। अहिले उनिहरुको अबस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा.अधिकारीले बताउनु भयो। अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ७० पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको छ।