पछिल्लो चौबीस घण्टामा २२४ संक्रमीत थपिए , कुल सन्क्रमितको संख्या १९ हजार ५७४ पुग्यो #Covid19

काठमाडौं , १६ श्रावण

पछिल्लो २४ घन्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ।

शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ।

Next Post

Discussion about this post

ADVERTISEMENT