नारायणी अस्पतालमा डाक्टर नर्स लगायत २८ जनामा कोरोनाको सन्क्रमण #Covid19

बिरगंज , १६ श्रावण

वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार गरिरहेका डाक्टर, नर्स, स्वास्थ्यकर्मी सहित कर्मचारी समेत संक्रमित भएका छन्।

अस्पतालका डा . निरज सिंह  अनुसार अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ। उनका अनुसार ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरेर २८ जनामा संक्रमण देखिएको छ।

डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेिडकल अधिकृत छन्।

डा.सिंहका अनुसार अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजिटिभ देखिएको छ।

संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा होम आइसोलेसनमा संक्रमितलाई राखिएको उनले जानकारी दिए। उनका अनुसार वीरगञ्जमा बिहीबार रातीसम्ममा ३ सय ९७ जना संक्रमित उपचारमा छन्। ती मध्ये ४० जना बिहीबार राती थपिएका संक्रमित हुन्।

यी संक्रमितमध्ये ९८ जना होम आइसोलेसनमा रहेको उनले जानकारी दिए।

Next Post

Discussion about this post

ADVERTISEMENT