काठमाडौं ,६ जेठ
कोरोना भाइरस (कोभिड-१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो ।
विदेशमा अलपत्र परेका नेपालीहरु र क्वरेन्टीनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको बैठक सिंहदरबारमा बसेको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै समितिका सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा तेस्रो देशमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
समितिको बैठकमा सातवटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरुलगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको बताउनुभयो ।
उहाँले विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फौलिन नदिने गरी क्रमश: ल्याउने ढंगको योजना ल्याउने तयारीको चरणमा रहेकोसमेत बताउनुभयो । समितिको बैठकमा प्रदेश र पालिकामा बनेका क्वारेन्टाइनहरुमा तोकिएको मापदण्डअनुसार व्यवस्थित गर्ने विषयमासमेत छलफल भएको सचिव विडारीले बताउनुभयो ।
क्वारेन्टाइनमा बस्नेहरुको बन्दोबस्तीको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित पालिकाले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना आउने छ ।
my wife and me were in USA(florida) visit visa and return tkt was on 14th Apr. we could not return due to sudden lockdown. I am a senior Gynaecologist doctor working in chitawon(bharatpur),so i am worried about all those responsibilities to perform during this grave situation.so please rescue me earliest possible,