धनगढीमा कोरोना सन्क्रमित उपचाररत युवाको गुनासो: न त मलाई खाना, न त पानी ,

१५ चैत्र, काठमाडौं ।

कोरोनाको संक्रमण पुष्टी भएपछि आइसोलेसनमा राखिएका धनगढीका युवकको पीडा यतिबेला सञ्चारमाध्यममा भाइरल भएको छ । दुबईबाट चैत १० गते आएका ती युवामा कोरोना भाइरसको संक्रमण भएको हिजै मात्र पुष्टी भएको थियो । लगत्तै उनलाई सेती अञ्चल अस्पताल धनगढीको एउटा आइसोलेसन वार्डमा सारियो । तर उनको स्वास्थ्य अवस्थाबारे न त चिकित्सकले जानकारी लिन चाहे, न परिवारका सदस्य नै आउन पाएका छन् ।

शवगृह नजिकै राखिएको भन्दै उनले गुनासो गरेका छन्– न त खाना दिइएको छ, न औषधि नै चलाइएको छ ।हिजोसम्म त उनका परिवारले नै खाना र तातोपानी ल्याई दिन्थे । तर उनमा कोरोना भाइरस संक्रमण पुष्टी भएलगत्तै परिवारका सदस्यलाई स्थानीय टुँडिखेलमा बनाइएको क्वारेण्टाइनमा राखिएको छ । अब त मलाई चाहिने खाना र आवश्यक औषधि कस्ले दिने हो थाहा छैन ? सामाजिक सञ्जालमार्फत उनले गुनासो गरेको निकट व्यक्तिले सुनाएका छन् ।

Next Post
ADVERTISEMENT