आज मिति : २०७९ चैत्र १४

पाचौ संक्रमित बाग्लुङकी ,दोस्रो संक्रमित संगै काठमाडौं आएकी

काठमाडौं,१५ चैत ।

कोरोनाको पाचौ संक्रमित बाग्लुङकी १९ वर्षकी महिला रहनुभएको छ । उहाँ र दोस्रो संक्रमित एउटै विमान मार्फत काठमाडौं आउनुभएको हो । दोस्रो संक्रमित फान्सबाट कतार हुँदै नेपाल आउनुभएको थियो । नेपाल टेलिभिजन मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. विकास देवकोटाले पाचौ संक्रमितको बारेमा जानकारी दिनुभएको हो । बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल आउनुभएकी १९ वर्षकी महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । उहाँ कतार एयरको QR652 विमानमा आउनुभएको थियो ।

उहाँ उपत्यका बाहिर चिकित्सकको सम्पर्कमा रहनुभएको प्रवक्ता   डा.बिकास देवकोटाले जानकारी दिनुभयो । संक्रमितको विवरण लिन सुरु भइसकेको छ देवकोटाले भन्नुभयो । यो संगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ । २ जना संक्रमित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत हुनुन्छ भने १ जना धनगढीमा उपचाररत हुनुन्छ ।

Related articles

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.