काठमाडौं , १७ असार
बिगत चौविस घण्टामा देशभर थप ४८२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। जसमा ११७ जना महिला र ३६५ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चौबिस घण्टामा ४८२ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।
अहिलेसम्म कोरोना संक्रमित प्रदेश विवरण अनुसार प्रदेश .१ मा ६२३ प्रदेश न २ ३८५६ वागमती प्रदेश ४५८ प्रदेश न. ४ १०५८ प्रदेश न. ५ मा ३८४३ कर्णाली प्रदेश १५०८ सुदुरपश्चिम प्रदेश २७०० जना रहेका डा. गौतमले बताए ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४ हजार ६५६ पुगेको छ।
कोरोना संक्रमणबाट आज थप एक अछामका ४५ बर्षीय पुरुषको मृत्यु भएको छ । यो संगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
त्यस्तै गरेर कोरोना संक्रमणको कारण सबैभन्दा बढी बालबालिकामा संक्रमीत भेट्टिएको छ। अहिलेसम्म २ हजार ६१ जना १८ वर्ष मुनिका बालबालिकामा कोरोनाको पुष्टि भएको छ। जसमध्ये सुदुरपश्चिम प्रदेशमा ९ वर्ष मुनिका १७५ जना बालबालिकामा कोरोनाको संक्रमण देखिएको छ।