सोमबार काठमाडौं ,५ जेठ
नेपालमा कोरोना संक्रमणको कारणले मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकि २९ वर्षकि महिलाको शिशु लगायत ४ जना परिवारको धुलिखेल ल्याब प्रयोगशालामा गरिएको पिसिआर परिक्षण नेगेटिभ आएको छ।
यहि जेठ ३ गते धुलिखेल अस्पतालमामा कोरोना संक्रमणको कारण महिलाको पनि कोरोना पिसिआर परिक्षण नेगेटिभ आएको थियो। शिशुको स्वाब परिक्षण गर्दा जन्डिस देखिएको छ। शिशु लगायत अन्य ४ जनालाई अझ केही दिन क्वारेन्टाइनमै राखिने धुलिखेल अस्पतालका प्रवक्ता डा.सुमन तम्राकारले बताउनु भएको छ।
धुलिखेल अस्पतालका केही कर्मचारीहरुको परिक्षण गरिएकोमा सबैको रिपोर्ट पनि नेगेटिभ आएको डा.तम्राकारले बताएका छ्न।