काठमाडौं , १७ श्रावण
देशभर डाक्टर, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीसहित अग्र स्थानमा रही कोरोना उपचारमा खटिएका २०१ जनालाई कोरोना भाइरस रोग(कोभिड–१९) पुष्टि भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाशुदेव पाण्डेका अनुसार नेपालमा महामारी सुरु भएयता आजसम्म २०१ जनालाई कोरोना संक्रमण भएको बताउनु भयो।
महाशाखाको तथ्यांक अनुसार नर्स, पारामेडिक्स तथा स्वीपर, एम्बुलेन्स चालकलाई धेरै संक्रमण भएको छ । हालसम्म ३४ डाक्टर, ४४ पारामेडिक्स, ४० नर्स, प्रयोगशालाकर्मी २१ र कोरोना उपचारमा प्रत्यक्ष सहभागी भएका अन्य ६२ जनामा कोरोना पुष्टि भएको छ । अन्य व्यक्तिमा स्विपर, एम्बुलेन्स चालक तथा सहयोगीहरु पर्दछन् ।